• २०८१ बैशाख ८ शनिबार

काँग्रेसलाई परिवर्तन गर्ने जिम्मा युवाहरुको काधमा – वरिष्ठ नेता पौडेल 

kharibot

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज नेपाल तरुण दलको एतिहासिक जिल्ला अध्यक्षहरुको राष्ट्रिय भेलाको समापन गरेका छन् । 

समापन समरोहलाई सम्बोधन गर्दै नेता पौडेलले काँग्रेसलाई परिवर्तन गर्ने जिम्मा युवाहरुको काधमा आएको बताएका छन् । नेता पौडेलले तरुण दललाई ब्यक्ति र निहित स्वार्थको पछि नलागेर बिचार र समाजबादी बाटोमा अगाडि बढन आवश्यक रहेको बताएका छन् । 

तरुण दल अझै बढी आदर्श र मुल्यमान्यता राजनीतिमा समर्पित भएर लाग्नुपर्ने बताउदै पार्टीभित्र गुटबन्दी गरेर पार्टी कब्जा गरेर केही नहुने, जनताको मन जितेर पार्टीलाई बलियो बनाउन सबै लाग्नुपर्ने बताए । 

तरुण दलका महासचिव भुपेन्द्र जङ्ग शाहीले तरुण दल अब ससक्त भएर अगाडि बढ्ने बताए । तरुण दलका अध्यक्ष  जितजंग बस्नेतको अध्यक्षतामा तीन दिनसम्म चलेको सो भेलाको आज समापन भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै