नेपालविरुद्ध गलत एक्सनमा बलिङ गरेका जिम्बाबेका भिटोरीलाई अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिबन्ध  

खरीबोट
ad

काठमाडौँ । जिम्बाबेका बलर ब्रायन भिटोरीलाई आइसीसीले तत्काल देखि लागु हुने गरि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न प्रतिबन्ध लगाएको छ ।

गत फागुन २० गते नेपालविरुद्धको खेलमा अवैध बलिङ एक्सनले बलिङ गरेको भन्दै उनलाई प्रतिबन्ध लगाएको आइसीसीले जनाएको छ ।

नेपालसँगको खेल पछि खेलका अफिसियलहरुले उनको बलिङ एक्सनका बारेमा उजुरी गरेका थिए । आइसीसीको नियम ३.६.२ अनुसार अफिसियलको रिपोर्ट पछि गत मंगलबार अफगानिस्तानसँगको उनको बलिङ एक्सन रेकर्ड गरिएको थियो ।

भिडियो रेकर्डको विश्लेषण अनुसार आइसीसीको विश्वकप छनौटको इभेन्ट प्यानलले उनको बलिङ एक्सनलाई आइसीसीको नियम विपरित भएको पाएको थियो । 

आइसीसीले उनलाई अनिश्चितकालका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न प्रतिबन्ध लगाए पनि भिटोरीले आइसीसीको बलिङ टेस्ट सेन्टरमा गएर टेस्ट दिन पाउने आइसीसीले उल्लेख गरेको छ ।

भिटोरीले नेपालविरुद्ध ८ ओभर बलिङ गर्दै बसन्त रेग्मी र रोहित पौडेललाई आउट गरेका थिए ।            
 

सम्बन्धित समाचार

वेस्टइण्डिजलाई हराउदै विश्वकप छनौट प्रतियोगिताको च्याम्पियन बन्यो अफगानिस्तान 

काठमाडौं । आइसीसी विश्वकप छनौट प्रतियोगिताको उपाधि अफगानिस्तानले जितेको छ । आज भएको फाइनल खेलमा वेस्टइण्डिजलाई ७ विकेटले पराजित गर्दै अफगानिस्तान विश्वकप छनौटको च्याम्पियन बनेको छ । दुवै टिम विश्वकपमा छनौट भईसकेका

भाग्यमानी अफगानिस्तान विश्वकपका लागि छानियो

काठमाडौँ । २०१९ को ३० मे देखि १४ जुलाईसम्म इङल्याण्ड र वेल्समा हुने क्रिकेट विश्वकपको छनौट चरण सकिएको छ । शुक्रबार सम्पन्न सुपर सिक्सको अन्तिम खेलमा अफगानिस्तानले आयरल्याण्डलाई ५ विकेटले

आयरल्याण्डले आफगानिस्तानलाई दियो २१० रनको लक्ष्य, रशिद खान विश्व रेकर्डको नजिक 

काठमाडौँ । आसीसी विश्वकपको सुपर सिक्सको अन्तिम खेलमा आयरल्याण्डले अफगानिस्तानलाई २१० रनको लक्ष्य दिएको छ ।  अफगानिस्तानलाई विश्वकपमा छनौट हुन् अब २१० रनको आवश्यकता रहेको छ । यस खेलको विजेता विश्वकपका

वेस्टइण्डिज विश्वकपमा छनौट, स्कटल्याण्ड बाहिरियो 

काठमाडौँ । सन् २०१९ मा हुने क्रिकेट विश्वकपमा वेस्टइण्डिज छनौट भएको छ । बुधबार भएको खेलमा वेस्टइण्डिजले स्कटल्याण्डलाई डकवर्थ लुइस नियम अनुसार ५ रनले पराजित गर्दै विश्वकप छनौटको फाइनलमा पुग्दै अर्को