• २०८१ बैशाख १४ शुक्रबार

एनआईसी एसियाको धनवर्षा मुद्दती खाता पुनः सञ्चालनमा

kharibot

काठमाडौं । एनआईसी एशिया बैंकले ‘धनवर्षा मुद्दती खाता’ पुनः सञ्चालनमा ल्याएको छ । एक वर्ष अवधिकोे उक्त मुद्दती खातामा वार्षिक १२ प्रतिशतका दरले मासिक रुपमा ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ । 

मुलुकभरका विभिन्न स्थानहरुमा छरिएर रहेको १८० शाखा सञ्जालहरु मध्ये जुनसुकै शाखाबाट उक्त मुद्दती खाता खोल्न सकिने र मुद्धती रसिदको धितोमा मौज्दातको ९० प्रतिशतसम्म कर्जा समेत उपलब्ध गराउन सकिनेछ । 

त्यसैगरी, यसअघि बैंकले सञ्चालनमा ल्याएको सर्वाधिक उच्च ब्याजदर सहितको ‘समुन्नति प्लस बचत खाता’ ग्राहक महानुभावहरु माझ अत्यन्त लोकप्रिय रहि उत्साहप्रद रुपमा सञ्चालनमा रहिरहेको छ । ‘समुन्नति प्लस बचत खाता’ मा बैंकले त्रैमासिक ब्याज भुक्तानी हुने गरी वार्षिक १० प्रतिशतका दरले ब्याज प्रदान गर्दै आईरहेको छ । 

मुलुकभर १८० शाखा कार्यालयहरु, १८३ एटिएम सञ्जालहरु, ४ एक्स्टेन्सन काउन्टरहरु, ३ शाखारहित बैंकिङ सेवाहरु एवम् प्रत्यक्ष एवं अप्रत्यक्ष समेत गरी ५००० भन्दा बढि रेमिटान्स पेआउट एजेन्टहरु सहित राष्ट्रकै सर्वाधिक बढि बैंकिङ्ग सञ्जाल भएको बैंकको रुपमा एन आई सी एशिया बैंक स्थापित भइसकेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै