• २०८१ बैशाख ८ शनिबार

नारी दिवसमा नेपालका विशिष्ट महिलाहरुको ऐतिहासिक फोटो प्रदर्शनी

kharibot

काठमाडौं । नेपाल आर्ट काउन्सिल बबर महलमा “नारी शक्तिलाई सम्झौं, नारीको सम्मान गरौं” भन्ने नाराका साथ नेपालका विशिष्ट महिलाहरुको ऐतिहासिक फोटो प्रदर्शनी गरिएको छ । सांस्कृतिक संग्रहालय नेपालको आयोजनामा नारी दिवसको अवसर पारेर आज बबरमहलस्थित काउन्सिलमा उक्त फोटो प्रदर्शनी गरिएको हो । 

प्रदर्शनीको उद्घाटन रक्षामन्त्री ईश्वर पोखरेलले गरेका हुन् । यही आजदेखि ३० गतेसम्म हुने उक्त प्रदशर्नीमा दुई सय महिलाको फोटो राखिएको छ । १०८औँ महिला दिवसको अवसरमा गरिएको उक्त प्रदर्शनीमा परापूर्वकालदेखि वर्तमान अवस्थासम्ममा विभिन्न विधामा नेपाली महिलाले गरेका विशिष्ट योगदानको सम्मानस्वरुप उक्त कार्यक्रम  गरिएको आयोजकले जनाएको  छ ।

प्रदशनीमा सुरुमा राष्ट्रिय विभुतिहरु क्रमशः सीता, भृकुटी, गौतम बुद्ध, कुमारी र राष्ट्रपतिको फोटो राखिएको छ भने अन्य फोटोहरु क्रमश अल्फाबेटको आधारमा राखिएको छ । नेपालकै पहिलो महिला तेक्वान्दो खेलाडी रुवी गिरीले नेपालमा सही समयमा सही कार्यको सुरुवात भएको भन्दै नारीशक्तिलाई चिन्ने यस्तो प्रदर्शनीले प्रेरणा बन्न सक्ने बताइन् । 

महिलामाथि भएको हिंसा अन्त्य गर्नको लागि अंश, वंश हक र महिला हिंसाविरुद्धको नेपालमा राम्रो कानुन बनेको र महिला अधिकारको लागि निर्यायक हुने हँुदा कार्यन्वयनको लागि तल्लो तहसम्मका सबैले राम्रोसँग बुझेर काम गर्नुपर्ने बताउँदै सहभाव राख्दै सहयोग सर्मथन र सहकार्य गरेर अगाडि बढ्नुपर्ने रक्षामन्त्री ईश्वर पोखरेलले बताए ।   

कार्यक्रमका अध्यक्ष क्षितिज अरुण श्रेष्ठले नेपालमा महिला उत्थान र विकासको लागि नेपानलमा महिला विश्व विद्यालयको आवश्यकता रहेको बताए । उक्त कार्यक्रममारेडियो नेपालकी पहिलो गायिका रानुदेवी अधिकारी, एमाले,नेत्री,रामकुममारी झाक्री, कंग्रेस नेता जीवन परिवार, ललितकला प्राज्ञ शुषमा राजभण्डारीलगायतको उपस्थिति रहेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै