• २०८१ बैशाख ७ शुक्रबार

दक्षिण कोरियाली विशेषदूत अमेरिका प्रस्थान

kharibot

सोल । हालैमात्र उत्तर कोरियाको भ्रमणबाट फर्र्किएका दुइजना दक्षिण कोरियाली विशेषदूत बिहीबार अमेरिका प्रस्थान गरेको समाचारमा छ । 

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनका विशेषदूतका रूपमा राष्ट्रिय सुरक्षा सल्लाहकार तथा राष्ट्रपतिको कार्यालयका राष्ट्रिय सुरक्षा प्रमुख चुङ इयु–योङ र दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर निकायका प्रमुख सु हुन बिहीबार अमेरिका प्रस्थान गरे । 

उहाँ मङ्गलबारमात्र स्वदेश फर्किनुभएको हो । उनिहरुले संयुक्तराज्य अमेरिकाका सुरक्षा र गुप्तचरसम्बन्धी उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने छन् । 

त्यसैगरी उनिहरुले उत्तर र दक्षिण कोरियाको वार्ताको विषयमा पनि अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनसँग भेटवार्ता गरी हालैको प्योङयाङ भ्रमणका बारेमा जानकारी दिए । 

उनिहरुले विशेषगरी हालै भएको उत्तर कोरियाको भ्रमणका क्रममा भएको पछिल्लो विकसित परिस्थितिको बारेमा अमेरिकी अधिकारीहरुलाई जानकारी गर्ने बताइएको छ । 

उत्तर कोरियामा भएको सो भ्रमणका समयमा के कस्तो विषयमा कुराकानी भयो र उत्तर कोरियाले परमाणुअस्त्रको उत्पादन रोक्ने बारेमा के प्रतिक्रिया दिएको छ भन्ने बारेमा सो भेटमा उनिहरुले जानकारी दिने समाचारमा जनाइएको छ । 

विशेषदूतका रुपमा उनिहरूले उत्तर कोरियाली नेता किम जोङ उनसँग गएको सोमबार साँझ प्योङयाङमा भेटवार्ता गरे । 

सो भेटवार्ताका क्रममा यी दुई देशका उच्च नेताहरुको शिखर बैठक आगामी महिना आयोजना हुने र परमाणु अस्त्र परित्याग गर्ने विषयमा पनि छलफल भएको बताइएको छ । 

त्यस वार्ताका क्रममा उत्तर कोरियाली नेता किम जोङ उनले सुरक्षाको सुनिश्चितता हुन्छ भने परमाणुअस्त्र निर्माणको कार्यमा पनि पुनर्विचार गर्न सकिने धारणा राखेको समाचार आएको थियो । 

त्यस विषयमा पनि उक्त भ्रमणका क्रममा जानकारी गराइने समाचारमा जनाइएको छ । विशेषदूतद्वय आगामी शनिबारसम्म वासिङ्टन डिसीमा रहने दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले जनाएको छ । 

परमाणु अस्त्रको उत्पादन र यसले कोरियाली प्रायद्वीपमा पारेको प्रभावका बारेमा पनि विशेषदूतहरुले अमेरिकी अधिकारीहरुसँग भेटका क्रममा जानकारी गराउने छन् । 
पछिल्लो समयमा केही सुधार आएको सम्बन्धलाई उच्चस्तरीय बैठकसम्म पु¥याउने प्रयासस्वरुप दक्षिण कोरियाली राष्ट्रपतिले सोमबार आफ्ना विशेषदूतलाई उत्तर कोरिया पठाएका छन् । 

यस समयमा उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्धमा पनि केही सुधारका संकेत देखिएका छन् । यी दुई देशले पनि वार्ताको चाहना व्यक्त गरेका छन् । सोही कारण पनि दक्षिण कोरियाली विशेषदूतले अमेरिकाको भ्रमण गर्न लागेका अनुमान गरिएको छ । 

हालैमात्र दक्षिण कोरियामा सम्पन्न भएको ओलम्पिक खेलकूदमा उत्तर र दक्षिण कोरियाका प्रतिनिधिहरुको सहभागिताबाट सम्बन्धमा पछिल्लो समयमा केही सुधार आएको महसुश गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै