• २०८१ बैशाख ६ बिहीबार

कपिल शर्मा ‘फ्याम्ली टाइम’ शोबाट टिभीमा कम्ब्याक गर्दै 

kharibot

मुम्बई । भारतीय टेलिभिजनका सुपरस्टार कपिल शर्माले टेलिभिजनमा कम्ब्याक गर्ने भएका छन् । 

केहि बर्षदेखि टेलिभिजनमा राज गरिरहेका हास्यकलाकार कपिलले सोनी टिभीमा ‘फ्याम्ली टाइम विथ कपिल’ मार्फत कम्ब्याक गर्न लागेका छन् । 

टिभीमा आफ्नो शो चलिरहेका बेला बलिवुडमा अभिनयमा हाम फालेका कपिल आफैले बनाएको दोस्रो फिल्म फिरंगीको असफलतापछि फेरी टिभीमा फर्किन लागेका हुन् ।

अब्बास मस्तानको फिल्म ‘किस किससे प्यार करु’ नामक फिल्मबाट हिरोको रुपमा बलिवुडमा डेभ्यु गरेका कपिलले अब फेरी टेलिभिजनमा हसाउन आउने भएका हुन् । यस अघि ‘कमेडी नाइट विथ कपिल’ र पछि ‘कपिल शर्मा शो’नामक चर्चित टिभी शो चलाएर ख्याती र पैसा कमाएका कपिल शर्मा आफ्नै सहकर्मी कलाकारसँगको झगडा पछि शो बन्द गर्नु परेको थियो । यसै क्रममा कपिलको स्वास्थ्य बिग्रिएको पनि रिपोर्ट बाहिरिएको थियो ।

कपिलको नयाँ शोमा यस अघि सँगै काम गरेका किकु शारदा र सुमोना चक्रवर्तीले अभिनय गर्ने भएका छन् । 

कपिलको नयाँ शो आगामी मार्च २५ मा सोनी टिभीमा लन्च हुने भएको छ । यस पटकको शोमा पहिला जस्तो कुनै सेलिब्रेटी आउने छैनन् भने आम मानिसहरुको मात्र सहभागिता हुने बताइएको छ । 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै