• २०८१ बैशाख ७ शुक्रबार

टोटनह्यामलाई पराजित गर्दै युभेन्टस च्याम्पियन्स लिगको क्वाटरफाइनलमा 

kharibot

काठमाडौँ । टोटनह्यामलाई पराजित गर्दै इटालियन क्लब युभेन्टस च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराती भएको अन्तिम १६ को दोस्रो लिगमा टोटनह्यामलाई २-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ४-३ को नतिजा सहित प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको हो । दुवै टिम पहिलो लिगमा २-२ को बराबरीमा रोकिएका थिए ।

खेलको ३९औ मिनेटमा सन हेंग मिनको गोलमा टोटनह्यामले सुरुवाती अग्रता लिएपनि युभेन्टस गोन्जालो हुगेन र पाउल डिबालाको गोलले खेलमा फर्किदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । 

युभेन्टस पछिल्लो चार सिजनमा तेस्रो पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै