• २०८१ बैशाख ७ शुक्रबार

जिसस सुनसरीको संयोजकमा काँग्रेस विजयी

kharibot

इनरुवा । जिल्ला समन्वय समिति सुनसरीको संयोजकमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिनुभएका गोपालराज भण्डारी विजयी भएका छन्  । 

काँग्रेस र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका संयुक्त उम्मेदवारका रुपमा रहेका भण्डारी निर्विरोध निर्वाचित भए । 

त्यसैगरी उपसंयोजकमा लोकतान्त्रिक फोरमबाट उम्मेदवारी दिएकी कृष्णकुमारी विक विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले जनाएको छ । 

यस्तै सदस्यमा सीतादेवी पौडेल, नुनु अन्सारी, चिरञ्जीवी बस्नेत, अहिलिया देवी मेहता, नौशाद मियाँ, ललितादेवी सदा र शम्भु विश्वास निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिसस सुनसरीका लागि नेपाली काँग्रेस र लोकतान्त्रिक फोरमले गठबन्धन गरेका थिए । 

गठबन्धनका तर्फबाट उम्मेदवारी परेपछि विपक्षी दलका तर्फबाट कुनै उम्मेदवारले उम्मेदवारी नदिएपछि भण्डारीको प्यानल र्निविरोध विजयी भएको हो । जिसस सुनसरीका लागि आइतबार मनोनयन दर्ता भएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै