• २०८१ बैशाख १३ बिहीबार

एनआईसी एशिया बैंकको नयाँ शाखा मकवानपुरको मनहरिमा

kharibot

काठमाडौँ । एनआईसी एशिया बैंकको नयाँ शाखा मनहरि गा.पा. वडा नं. ०७, मनहरि, मकवानपुर स्थित मनहरि शाखाको एक समारोहका बिच मनहरि गाँउपालिकाका अध्यक्ष एकराज उप्रेतीले समुद्घाटन गरेका छन् ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । मनहरि शाखाको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १८० शाखा कार्यालयहरु, १८३ एटिएम एवंम् ४ एक्स्टेन्सन  काउन्टरहरुबाट ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । 

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै