• २०८१ बैशाख ७ शुक्रबार

पत्रकार महासंघको नयाँ नेतृत्व आज चुनिदै, यी उम्मेदवार छन् मैदानमा 

kharibot

काठमाडौं ।  नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । व्यावसायिक पत्रकारिताको आधार प्रेस स्वतन्त्रता र श्रम अधिकारको नारासहित आइतबार काठमाडौंमा सुरु भएको २५औँ अधिवेशनले ४७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

नयाँ कार्यसमितिका लागि सोमबार बिहान ९ बजेदेखि मतदान हुने निर्वाचन समितिले जानकारी दिएको छ । त्यसका लागि आइतबार नै  उम्मेदवारी दर्ता भइसकेको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार ४७ पदका लागि १२१ जनाको उम्मेदवारी परेको छ । 

अध्यक्षमा पदका लागि गोविन्द आचार्य, तीर्थ कोइराला, इन्द्रबहादुर राउत, उजिर मगर र भावना विद्रोहीको उम्मेदवारी परेको छ ।

यस्तै उपाध्यक्ष खुलाको एक पदका लागि विपुल पोखरेल, मात्रिका पौडेल र दीपक पाठकले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै महासचिव एक पदका लागि रमेश विष्ट र बालकृष्ण बस्नेतबिच प्रतिस्पर्धा हुने भएको छ । 

महिला सचिव लागि लक्ष्मी पुन र सुष्मा पौडेलले उम्मेदवारी दिएका छन् । उपाध्यक्ष समावेशी एक पदका लागि दिलिप थापामगर र महेश दासको उम्मेदवारी परेको छ भने कोषाध्यक्ष पदका लागि खगेन्द्र पन्त र राजेश मिश्रको उम्मेदवारी परेको छ । महासंघको चुनावका लागि देश तथा विदेशबाट एक हजार ५१५ प्रतिनिधि काठमाण्डौं आएका छन् ।  

बन्दसत्रबाट विभिन्न प्रतिवेदन पारित

नेपाल पत्रकार महासङ्घको पच्चीसौँ महाधिवेशनअन्तर्गत आइतबार भएको बन्दसत्रमा महासचिव उजिर मगर, कोषाध्यक्ष सूर्यमणि गौतमको प्रतिवेदन छलफलसहित पारित भएको छ । 
बन्दसत्रमा पत्रकारिता क्षेत्रको प्रेस स्वतन्त्रतासम्बन्धी समसामयिक विषयको २१ बुँदे घोषणापत्र पारित भएको छ । 

महासङ्घको आगामी दुई वर्षका लागि रणनीतिक दृष्टिकोण पत्र प्रस्तुत भई पारित भएको छ । पत्रकार सुरक्षा नीतिसमेत बन्दसत्रमा प्रस्तुत भई पारित भएको छ । बन्दसत्रको अध्यक्षता पूर्वअध्यक्ष तारानाथ दाहालले गरेका थिए ।

उम्मेदवारको सुची यस्तो छ :

 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै