• २०८१ बैशाख १४ शुक्रबार

सामन्तवादका अवशेष नेपाली नारीलाई मान्य हुँदैन – मन्त्री थापा

kharibot

काठमाडौँ । ‘आर्थिक सशक्तीकरणसहितको सामाजिक जागरण : ग्रामीण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण’ नाराका साथ आजदेखि साताव्यापी रुपमा १०८औँ अन्तर्राष्ट्रिय नारी दिवस शुरु भएको छ । 

श्रम, रोजगार, महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालयको अगुवाइमा देशभर आयोजना हुने महिला जागृतिका कार्यक्रम नारीलाई आर्थिक अधिकार र स्वामित्व प्रदान गर्न लक्ष्यित हुनेछन् । 

केन्द्रीयस्तरमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्यसहित अन्य विशिष्ट व्यक्तिहरुको उपस्थितिमा बिहीबार राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना हुनेछ । 

अल्पसंख्यक, सीमान्तकृत वर्गका महिलालाई आर्थिक रुपमा सम्पन्न नबनाएसम्म उनीहरु सधैँ हेपिने हुँदा आयआर्जनका बाटाहरु पहिल्याउँदै नारी अस्मिता सुरक्षामा समाजका सबै वर्गबाट मन, वचन र कर्मले नै समानता प्रवद्र्धन गर्नु साताव्यापी सचेतना कार्यक्रमको उद्देश्य हुनेछ । 

श्रम, रोजगार, महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री थममाया थापाको अध्यक्षतामा आज उक्त मन्त्रालयमा भएको बैठकमा एक शताब्दीभन्दा बढी समयदेखि महिला अधिकारका लागि विश्वव्यापी रुपमा नारी जातिले संघर्ष गरेका प्रसंग कोट्याउँदै उनले संघीयतामा मुलुक गइसकेपछि नेपाली नारीका धेरै अधिकार संविधानले सुरक्षा गरेको वास्तविकता प्रस्तुत गरे । 

उनले संविधानको मर्मअनुसार महिलाका हकअधिकार ग्रामीण भेगका अवला नारीले अनुभूत गर्न पाउने गरी सम्बन्धित सबै पक्षबाट योगदान हुनुपर्नेमा जोड दिँदै सामन्तवादका अवशेष परिवर्तित सन्दर्भमा कुनै पनि नेपाली नारीलाई मान्य हुँदैन भने । 

सोही मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले संविधानप्रदत्त अधिकार प्राप्तिमा नारीहरु क्रमशः जागरुक भइरहेका बताउँदै आफ्ना हकअधिकार प्राप्तिका लागि महिलाहरु अझ जागरुक हुन जरुरी रहेको बताए । 

उक्त मन्त्रालयका सहसचिव राधिका अर्यालले साताव्यापी कार्यक्रमबारे जानकारी दिँदै नेपाली नारीका निम्ति संविधानले गरेका व्यवस्थाबारे चर्चा गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै