• २०८१ बैशाख ४ मंगलबार

दुुई अर्ब रुपैयाँको नागरिक बचतपत्र चैत १ बाट

kharibot

काठमाडौं । आगामी चैत १ गतेबाट नेपाल राष्ट्र बैंकले दुुई अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र बिक्री गर्ने भएको छ । पाँच वर्षमा परिपक्व हुुने गरी नागरिक बचत पत्र २०७९ (ख) बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ । 

चैत २१ गतेसम्म खरिद अवधि तोकिएको बचतपत्रको निष्काशन मिती २०७४ चैत २६ गते तोकिएको छ भने साँवा भुक्तानी मिति २०७९ चैत २६ गते तोकिएको छ  । अर्धवार्षिकरुपमा ब्याजदर भुक्तानी हुुने उक्त बचतपत्रमा बार्षिक नौ प्रतिशत ब्याजदर तोकिएको छ ।

नेपाली नागरिकले मात्र खरिद गर्न सक्ने बचत पत्र घटीमा दश हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई रु दश हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको अधिनमा रहेर खरिद गर्नुुपर्ने राष्ट्र बैंकले जनाएको छ । 

खरिद गरिएको बचतपत्र धितो राखेर राष्ट्र बंैकबाहेकका अन्य बैंक तथा फाईनान्स कम्पनीहरुसँग कर्जाको लागि धितो समेत राख्न सकिनेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै