• २०८१ बैशाख १२ बुधबार

श्रीलंकामा सामाजिक संजाल फेसबुक, भाइबर र ह्वाट्स एपमाथि प्रतिबन्ध 

kharibot

कोलम्बो । श्रीलंका सरकारले सामाजिक संजाल फेसबुक, भाइबर र ह्वाट्स एपलाई तीन दिनका लागि प्रतिबन्ध लगाएको छ ।

श्रीलंकामा संकटकाल घोषणा गरेको दोस्रो दिन सरकारले सामाजिक संजालमा प्रतिबन्ध लगाएको हो । सामाजिक संजालमा मुस्लिम विरोधी सन्देस पोष्ट हुनथाले पछि सरकारले यस्तो कदम चालेको सरकारका प्रवक्ता रजिथा सेनारत्नेलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । 

सरकारले इन्टरनेट सर्भिस प्रोभाइडरलाई सामाजिक संजाल फेसबुक, भाइबर र ह्वाट्स एपलाई बन्द गर्न निर्देशन दिइसकेको बताइएको छ ।

श्रीलंका सरकारले मंगलबार १० दिनका लागि संकटकालको घोषणा गरेको थियो । लगातार मस्जिदहरुमा तथा मुस्लिम समुदायले सञ्चालन गरेको व्यवसायमाथि आक्रमणपछि सरकारले मंगलबार संकटकालको घोषणा गरेको सरकारले बताएको थियो ।  

एक हप्ता पहिले ट्राफिक रेड लाइटको विषयमा भएको झगडापछि केही मुस्लिमले एक बौद्ध युवकलाई कुटपिट गरेको बताइएको छ । त्यसपछि केन्डीमा तनाव उत्पन्न भएको थियो । जलेर खरानी भएको एउटा घरबाट एक जना व्यक्तिको शव भेटिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । 

२१ मिलियन जनसंख्या रहेको श्रीलंकामा करिब १० प्रतिशत मुस्लिम र ७५ प्रतिशत बौद्ध धर्म मान्नेहरु रहेका छन् भने हिन्दु धर्म मान्नेको संख्या करिब १३ प्रतिशत रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै