• २०८१ बैशाख ७ शुक्रबार

साहित्यकार इन्द्रबहादुर राईको निधन

kharibot

काठमाडौँ । साहित्यकार इन्द्रबहादुर राईको निधन भएको छ । ९० वर्षीय राईको दार्जिलिङस्थित निवासमा मंगलबार साँझ निधन भएको हो ।

भारतको दार्जीलिङमा जन्मेका राईले नेपाली भाषा तथा वाङ्मयमा लामो योगदान पुर्याएका छन् । उपचारका लागि गत वर्ष काठमाडौं समेत आएका राई केही वर्षयता स्वास्थ्य सम्बन्धि समस्याबात पिडित थिए । 

सन् १९६१ मा राईको पहिलो कृतिका रुपमा ‘विपना कतिपय’ प्रकाशित भएको थियो । चर्चित पुस्तक ‘आज रमिता छ’ सन् १९६४ मा प्रकाशित भएको थियो । इश्वर बल्लभ, बैरागी काइँला र इन्द्रबहादुर राईले भित्राएको तेस्रो आयाम नेपाली साहित्यमा महत्वपूर्ण साहित्यिक आन्दोलनका रुपमा रहेको छ । 

राईका अन्य कृतिहरूमा कठपुतलीको मन (निबन्धसंग्रह, सन् १९८९),कथास्था (कथासंग्रह, सन् १९७२),सेतो ख्याकको बनोट र बुनोट (समालोचना, वि.सं९. २०६३),टिपेका टिप्पणीहरू (समालोचना संग्रह, सन् १९६६),नेपाली उपन्यासका आधारहरू (समालोचना संग्रह, सन् १९७४),सन्दर्भमा ईश्वरबल्लभका कविता (समालोचना, सन् १९७६), साहित्यको अपहरण. मार्क्सवादी प्रतिवद्धता (समालोचना, सन् १९८३), दार्जीलिङमा नेपाली नाटकको अर्धशताब्दी (सन् १९८४), पहाड र खोला (निबन्धसंग्रह, सन् १९९३), अर्थहरूको पछिल्तिर (समालोचना, सन् १९९४), पृष्ठ पृष्ठ (समालोचना, सन् १९९५), लेखहरू र झ्याल (निबन्धसंग्रह, सन् २०००), लीला प्रस्तावना (समालोचना, वि. सं . २०५९) रहेका छन् ।

नेपाली भाषालाई भारतको संविधानमा राष्ट्रभाषाका रुपमा पहिचान दिलाउने चार दशक लामो भाषिक आन्दोलनमा पनि उनले गरेको योगदान महत्वपूर्ण रहेको छ ।

२०७२ सालमा राईलाई त्रिभुवन विश्वविद्यालयले मानार्थ विद्यावारिधीले सम्मान गरेको थियो ।

राईको बिहीबार  दार्जीलिङमा अन्त्येष्टि गरिने जनाइएको छ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै