• २०८१ बैशाख ११ मंगलबार

अफगानिस्तानमाथि जिम्बाबेको २ रनको जित, अफगानिस्तानको दोस्रो हार 

kharibot

काठमाडौँ ।  विश्वकप छनौट अन्तर्गत नेपालको समुह बि मा रहेको आयोजक जिम्बाबेले अफगानिस्तानलाई २ रनले पराजित गरेको छ ।

१९७ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४९.३ ओभरमा १९४ रनमा अलआउट भएपछि आयोजक जिम्बाबेले खेल २ रनले जितेको हो । आयोजक जिम्बाबेको यो लगातार दोस्रो जित हो भने अफगानिस्तानले लगातार दोस्रो खेलमा हार बेहोरेको छ ।

अफगानिस्तानका लागि रहमत शाहले सर्वाधिक ६९ रन बनाएका थिए भने मोहमद नाबीले ५१ रन बनयेआ थिए । अफगानिस्तानलाई अल आउट गर्न जिम्बाब का बलर ब्लेसिंग मुजाराबानीले ४, सिक्न्दर राजाले ३ र ब्रेन भिटोरीले २ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गर्दै जिम्बाबे ४३ ओभरमा अलआउट हुदै १९६ रन मात्र बनाएको थियो ।  

जिम्बाबेका लागि ब्रेनडम टेलरले सर्वाधिक ८९ रन बनाए भने सिकन्दर राजाले ६० रन बनाएका थिए । आयोजक जिम्बाबेलाई सास्तैमा समेट्ने क्रममा अफगानिस्तानका मुजीब रहमान र रशिद खानले ३-३ विकेट लिएका थिए । त्यस्तै डवलत जब्रानले २ र मोहमद नाबीले एक विकेट लिएका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै