• २०८१ बैशाख ८ शनिबार

डा.केसीलाई तीनदिनभित्र अदालतमा उपस्थित हुन आदेश

kharibot

काठमाडौँ ।  सर्वोच्च अदालतले वरिष्ठ चिकित्सक डा गोविन्द केसीलाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा तीनदिनभित्र अदालतमा उपस्थित हुन आदेश गरेको छ । 

प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले आज अवहेलना मुद्दामा डा केसीलाई अदालत उपस्थित हुन आदेश जारी गरेको हो । 

डा केसीले प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रको विषयमा दिएको अभिव्यक्ति अर्मादित, अशिष्ट, अशोभनीय भएको भन्दै आदेशमा भनिएको छ, ‘तँपाईले प्रयोग गरेका शब्दले अदालतको अवहेलना हुने खालको छ कि छैन, तीनदिनभित्र अदालतमा उपस्थित भएर जवाफ दिनुस् ।’ 

डा केसीले प्रधानन्यायाधीशको राजीनामा माग्ने शव्द प्रयोग गर्दा अदालतको अवहेलना भएको उल्लेख गर्दै गोविन्द बोहोराले यही फागुन १६ गते अवहेलना मुद्दा दायर गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै