• २०८१ बैशाख ७ शुक्रबार

बैतडीमा भालुको आक्रमणबाट महिला घाइते

kharibot

बैतडी । बैतडीमा भालुको आक्रमणमा परी गम्भीर घाइते भएकी एक महिलाको बैतडीमा उपचार हुन नसक्दा धनगढी पठाइएको छ । 

भालुको आक्रमणबाट गम्भीर घाइते दशरथचन्द नगरपालिका–४ की शारदा पाण्डेयको जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसक्दा थप उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल पठाइएको जिल्ला अस्पतालले जनाएको छ । 

बाख्रा चराउन गएका बेला शारदालाई स्थानीय डाँडाईजर जंगलमा आज अपराह्न भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै