• २०८१ बैशाख ७ शुक्रबार

सुरक्षा व्यवस्था चुस्त बनाउन निर्वाचन आयोगको आग्रह

kharibot

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपतिको आसन्न निर्वाचनमा सुरक्षा व्यवस्था चुस्तदुरुस्त ढङ्गले मिलाउन सुरक्षा निकायलाई निर्देशन दिएको छ । 

राष्ट्रपतिको निर्वाचन सञ्चालन र व्यवस्थापनको तयारीको क्रममा आज निर्वाचन आयोगमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले उक्त निर्देशन दिएको आयोगको प्रवक्ता नवराज ढकालले जानकारी दिए । राष्ट्रपतिको निर्वाचन यही फागुन २९ गते हुँदैछ । 

बैठकमा प्रमुख निर्वाचन आयुक्त डा। अयोधिप्रसाद यादवले स्थानीय तह, प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन र राष्ट्रिय सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मर्यादित रुपले सम्पन्न गर्न सुरक्षा निकायले पुर्याएको योगदानप्रति धन्यवाद दिएका थिए । 

निर्वाचन आयुक्त सुधीर कुमार शाहले राष्ट्रपतिको निर्वाचनमा पनि सुरक्षा निकायले त्रुटीरहीत ढङ्गले निर्वाचनका सबै प्रक्रियामा सुरक्षा प्रदान गर्न निर्देशन दिए । 

गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा लगायतका सुरक्षा निकायका प्रतिनिधिहरुले शान्तिपूर्ण रुपमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्न सुरक्षाका दृष्टिले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेका थिए । 

बैठकमा निर्वाचन आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरी प्रसाद पौड्याल, निर्वाचन आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्याल, रक्षा मन्त्रालयका सचिव विनोद के।सी। एवं अन्य सुरक्षा निकायका प्रमुखहरु सहभागी भएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै