मुम्बई । बलिवुड अभिनेता इरफान खानलाई दुर्लभ रोग लागेको खुलासा आफैले गरेका छन् ।
सामाजिक संजाल ट्वीटर मार्फत एक सन्देस जारी गर्दै अभिनेता खानले पछिल्लो १५ दिनमा आफु एउटा दुर्लभ रोगसँग लडिरहेको खुलासा गरेका छन् । उनले आफ्नो रोगबारे कुनै अफवाह नफैलाउन पनि फ्यानहर लाई अपिल गरेका छन् । विस्तृत जाँच पछि आफ्नो रोगबारे सार्वजनिक गर्ने र त्यसका लागि हप्ता दिन देखि १० दिनसम्म लाग्ने अभिनेता खानले जानकारी दिएका छन् । उनले अपिलको अन्त्यमा आफ्नो लागि कामना गर्न भनेका छन् ।
५१ बर्षिय अभिनेता खानले बलिवुडमा एक सयभन्दा बढी फिल्ममा काम गरिसकेका छन् । उनले बलिवुडका अलावा हलिवुडमा पनि काम गरेका छन् । लाइफ अफ पाई, स्लमडग मिलिनियर, द अमेजिंग स्पाइडर म्यानजस्ता सुपर हित फिल्ममा काम गरेका छन् ।
बलिवुडमा २०१३ मा उनले अभिनय गरेको फिल्म पान सिंह तोमारका लागि भारतीय राष्ट्रिय पुरस्कार समेत पाएका थिए ।