• २०८१ बैशाख ७ शुक्रबार

‘ग्यालेक्सी नोट ८’ को खरिदमा विभिन्न उपहार तथा सुविधा 

kharibot

काठमाडौं । सामसुङले ‘ग्यालेक्सी नोट ८’ को खरिदमा उपहारसहित विभिन्न सुविधाहरु उपलब्ध गराउने भएको छ ।

सामसुङले बन्डलिङ अफर अन्तर्गत ‘ग्यालेक्सी नोट ८’को खरिदमा सामसुङको बोटल स्पिकर, टुटफुट भएमा बीमाको सुविधा र एनसेलसँगको सहकार्यमा १६ जीबीको फोरजी डाटा उपलब्ध गराउने भएको हो । 

यसका साथै खरिदकर्तालाई विभिन्न साझेदार बैंकहरुबाट सहज किस्ताबन्दीको सुविधासमेत मिलाइएको छ ।

‘सामसुङ ग्यालेक्सी नोट ८’मा भएका इन्फिनिटी डिस्प्ले, सुधारिएको एस पेन र ट्रू डूयल क्यामेरा यसका आकर्षण रहेका छन् । यसमा भएको डूयल क्यामेराका साथ अप्टिकल इमेज स्टबेलाइजेसन (ओएसआई) ले जस्तो सुकै अवस्थामा पनि उत्कृष्ट तस्बिर खिच्न सक्ने कम्पनीले जनाएको छ ।

सामसङ इलेक्ट्रोनिक्स् कम्पनी विश्वमा आमूल परिवर्तन ल्याउने आइडिया तथा इन्नोभेसन मार्फत नवीन र टेक्नोलोजी–सम्पन्न भविष्यको निर्माण गर्न प्रतिबद्ध छ । कम्पनीले टिभी, स्मार्टफोन, वेरेबल डिभाइसेस, ट्याब्लेट, क्यामेरा, डिजिटल एप्लाएन्सेस, प्रिन्टर, मेडिकल इक्वीप्मेन्ट, नेटवर्क सिस्टम,सेमिकन्डक्टर तथा एलइडी सोलुसन क्षेत्रहरुलाई नयाँ परिभाषा दिँदै आएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै