महिनादिनसम्म पनि खुलेन क्याम्पसमा लागेको तालाबन्दी

खरीबोट
ad

लहान । विद्यार्थीले करीव एक महिनाअघि गरेको तालाबन्दी अझै नखुल्दा सिरहाको मिर्चैया नगरपालिकास्थित ब्रह्मचारी दामोदरानन्द कलेजको पठनपाठन प्रभावित भएको छ । 

नियमित पठनपाठको माग गर्दै गत माघ २४ गतेदेखि कलेजमा तालाबन्दी गरिएकाका कारण करीव चार सय विद्यार्थी अलपत्र छन् । कलेजमा तालाबन्दी गरिए पनि कलेज प्रशासनले कुनै चासो नदिएको भन्दै आक्रोशित विद्यार्थीले क्याम्पस प्रमुखको पुतला दहन र आगजनीसमेत गरेका थिए ।

विद्यार्थीले आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलन र तालाबन्दी जारी रहने बताएका छन् । कलेजको शैक्षिक, आर्थिक र व्यवस्थापकीय सुधारको माग गर्दै लामो समयदेखि विद्यार्थी आन्दोलित हुँदै आएका छन् । क्याम्पस प्रशासनले तालाबन्दी खुलाउन पटक पटक प्रयास गरे पनि सफल हुन नसकेको जनाएको छ । 

सम्बन्धित समाचार

आयुर्वेद क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी

काठमाडौँ ।  प्राज्ञिक विशिष्टता एवं वरिष्ठताका आधारमा क्याम्पस प्रमुखको नियुक्तिको माग राख्दै आइतबार आयुर्वेद क्याम्पसमा स्ववियुले तालाबन्दी गरेको छ ।  गत जेठ ४ गते राखेको १७ बुँदे माग र त्यसै दिन भएको सहमतिअनुसार

कानून पढ्न कोटा निर्धारण, ४० दिनदेखि लागेको ताला खुल्यो

काठमाडौँ । लामो समयदेखि त्रिवि कानून संकाय डिन कार्यालयमा लगाएको ताला आज खुलेको छ ।  विद्यार्थी र डिन कार्यालयबीच आज सहमति भएपछि करीब ४० दिनदेखि लगाइएको तालाबन्दी खुलेको नेपाल ल क्याम्पसका

कानून पढ्न कोटा निर्धारण, ४० दिनदेखि लागेको ताला खुल्यो

काठमाडौँ । लामो समयदेखि त्रिवि कानून संकाय डिन कार्यालयमा लगाएको ताला आज खुलेको छ ।  विद्यार्थी र डिन कार्यालयबीच आज सहमति भएपछि करीब ४० दिनदेखि लगाइएको तालाबन्दी खुलेको नेपाल ल क्याम्पसका

शुक्रबार त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरु बन्द हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले पूर्वउपकुलपति डा गोविन्द शर्माको निधनमा शोक मनाउन शुक्रबार देशभरका आंगिक क्याम्पसमा बिदा दिने भएको छ ।  उनको रुसको सेन्ट पिटर्सबर्गमा कलेजोको शल्यक्रियापछि गए राति ७५ वर्षका उमेरमा