अमेरिका पुर्याइएका बार्हौ शताब्दीका मूर्ति फिर्ता हुँदै

खरीबोट
ad

वासिङ्टन डिसी ।  विभिन्न अवैधानिक माध्यमबाट अमेरिका ल्याइपुर्याइएका करीव ८०० वर्ष पुरानो मूर्ति नेपाल पठाइने भएको छ । 

अमेरिकाको न्यूयोर्कस्थित मेट्रोपोलिटन म्युजियम अफ आर्टमा प्रदर्शनीका लागि राखिएका दुई थान मूर्ति उक्त संग्रहालयले नेपाललाई हस्तान्तरण गर्न तत्परता देखाएको छ । सोसम्बन्धी सम्झौतामा सोमबार संग्रहालयका तर्फबाट अध्यक्ष डानियल एच विस र नेपालका तर्फबाट न्यूयोर्कस्थित महावाणिज्यदूत मधुकुमार मरासिनीले हस्ताक्षर गरेका छन् । 

सन् १९८० का दशकमा नेपालबाट मूर्ति चोरी भएर विभिन्न बाटो हुँदै अमेरिका पुगेको थियो । चोरी भएका मूर्तिमा पाटनमा रहेको उमामहेश्वर र बुद्धको मूर्ति छन् । ती दुवै मूर्ति नेपाली प्रस्तरकलामा आधारित बाह्रौँ र तेह्रौँ शताब्दीमा निर्माण गरिएको बताइएको छ । संग्रहालयले चोरीको मूर्ति प्रदर्शनीमा राख्ने आफ्नो नीति नभएकाले हस्तान्तरणको प्रक्रिया अगाडि बढाइएको जनाएको छ । 

सोमबार मूर्ति फिर्ता गर्न आयोजित हस्ताक्षर कार्यक्रममा अध्यक्ष विसले संग्रहालयमा अवैधानिक तरीकाले प्राप्त मूर्ति नरहून् भन्ने अभिप्रायले मूर्ति फिर्ता गर्न लागिएको बताए । महावाणिज्यदूत मरासिनीले पुरातात्विक महत्वका मूर्ति फिर्ता गराउन पहल गरेकामा संग्रहालयलाई धन्यवाद दिँदै यसले अवैधानिक तरीकाले मूर्तिको व्यापार गर्नेलाई निरुत्साहन गर्ने बताए । 

ती मूर्ति भन्सार मापदण्डको प्रक्रिया पूरा गरी अप्रिल(चैतवैशाख)भित्र नेपाल पठाइसकिने योजनामा न्यूयोर्कस्थित कन्सुलर जनरलको कार्यालयले गृहकार्य गरेको छ ।

सम्बन्धित समाचार

काठमाडौंमा मोदीको नागरिक अभिनन्दन : मोदीलाई कलात्मक साँचो र बुद्धको मूर्ति उपहार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदो वैशाख २८ गते नेपाल भ्रमणमा आउने निश्चित भएसँगै काठमाडौँ महानगरले नागरिक अभिनन्दनको लागि राष्ट्रिय सभागृह सिँगारपटार गरी चिटिक्क पारेको छ । चार वर्षयता रंग

धातूका मूर्तिसहित तीन पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पुरातात्विक महत्वका विभिन्न धातुका मूर्तिलगायत बहुमूल्य वस्तुसहित तीन जनालाई पक्राउ गरेको छ ।  ब्यूरोको टोलीले काठमाडौँका विभिन्न क्यूरियो पसलबाट विदेशी नागरिकलाई बहुमूल्य धातुका मूर्ति

अमेरिका पुर्याइएका बार्हौ शताब्दीका मूर्ति फिर्ता हुँदै

वासिङ्टन डिसी ।  विभिन्न अवैधानिक माध्यमबाट अमेरिका ल्याइपुर्याइएका करीव ८०० वर्ष पुरानो मूर्ति नेपाल पठाइने भएको छ ।  अमेरिकाको न्यूयोर्कस्थित मेट्रोपोलिटन म्युजियम अफ आर्टमा प्रदर्शनीका लागि राखिएका दुई थान मूर्ति उक्त संग्रहालयले नेपाललाई

प्राचीन मूर्ति तथा थांका संरक्षण तालिम धुलिखेलमा सञ्चालन

धुलिखेल । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको आयोजनामा प्राचीन मूर्ति तथा थांका संरक्षण तालिम काभ्रेपलाञ्चोकको धुलिखेलमा आजदेखि शुरु भएको छ ।  संस्कृतिको संरक्षण

Loading...
Loading...