• २०८१ बैशाख १३ बिहीबार

च्याम्पियन्स लिगमा रियल म्याड्रिड र पिएसजी भिड्दै, नेइमार नहुदा पिएसजीलाई धक्का  

kharibot

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिड र पिएसजीबीचको अन्तिम १६ को दोस्रो लिग आज राति हुदै छ । पहिलो लिगमा रियल ३-१ ले अगाडी रहेको छ । 

च्याम्पियन्स लिगमा राम्रो प्रदर्शन गर्ने दाउमा रहेको पिएसजीलाई आफ्ना स्टार खेलाडी नेइमारको इन्जुरीले ठुलो धक्का लागेको छ । नेइमार करिब तीन महिना मैदानबाट बाहिरए पछि पिएसजी अब यो पुरै सिजन नेइमार बिना नै मैदानमा उत्रिने छ ।

पिएसजीका कभानी र डि मारियाको जोडीले रियल म्याड्रिडलाई चुनौती दिने प्रयास गर्ने छन् । रियल म्याड्रिडलाई पराजित गरेर च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्न रियललाई पिएसजीले कम्तिमा पनि  २-० ले पराजित गर्नु पर्ने हुन्छ ।

त्यस्तै यस सिजनमा ला लिगामा संघर्ष गरिरहेको रियल म्याड्रिडले च्याम्पियन्स लिगमा भने राम्रो प्रदर्शन गरिरहेको छ । साथै आफ्ना घाइते रहेका मिडफिल्डर लुका मोड्रीच र टोनी क्रुज मैदानमा फर्किए पछि पिएसजीविरुद्ध रियल म्याड्रिड आफ्नो पूर्ण टिमसहित खेल्ने भएको छ । रियल म्याड्रिड आफ्नो पुरा टिम सहित पेरिस पुगिसकेको छ ।

टिमका कप्तान सर्जियो रामोसले च्याम्पियन्स लिग आफुहरुका लागि निकै महत्वपूर्ण रहेको बताएका छन् । उनले पहिलो लिगमा आफुहरुले राम्रो प्रदर्शन गरेको भन्दै सोहि प्रदर्शन दोस्रो लिगमा पनि दोहोराउने बताएका छन् । पेरिसमा आफुहरुलाई गार्हो हुने भन्दै आफुहरुको लक्ष्य पहिलो लिगको खेल दोहोराउने नै हुने बताएका छन् ।

च्याम्पियन्स लिगमा रोनाल्डोको गोल :

ला लिगामा संघर्ष गरेपनि च्याम्पियन्स लिगमा रियल म्याड्रिड उपाधिको प्रमुख दाबेदार रहेको छ । प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा अहिलेसम्म ११ गोल गरेका छन् । च्याम्पियन्स लिगका पछिल्ला ५ खेलम रोनाल्डोले १० गोल गरेका छन् । च्याम्पियन्स लिगको यस सिजनमा रियलको प्रतिद्वन्दी बार्सिलोनाले कुल १० गोल गरेको छ भने रोनाल्डो एक्लैले ११ गोल गरेका छन् ।

बार्सिलोनाले समुह चरणमा कुल ९ गोल गरेको थियो भने अन्तिम १६ को चेल्सीविरुद्ध पहिलो लिगमा एक गोल गर्दै यस सिजनमा च्याम्पियन्स लिगमा कुल १० गोल गरेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै