• २०८१ बैशाख ५ बुधबार

कतारमा हुने विश्वकप फुटबलका लागि यस्ता बन्दै छन् स्टेडियम (फोटो फिचर)

kharibot

काठमाडौँ ।  कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि तयार गरिएको हाईटेक रंगशालाको नमुना सार्वजनिक गरिएको छ ।

कतारले बनाउदै गरेको ६ वटा नयाँ स्टेडियमको नमुना सार्वजनिक गरिएको छ । पुरा स्टेडियम नै एयर कन्डिसन बनाइएका यी स्टेडियममा तापक्रम १८ डिग्री सेल्सियस सम्म गर्न सकिने बताइएको छ । स्टेडियम बनाउन करिब ६.४१ बिलियन डलर खर्च हुने कतारी अधिकारीहरुले बताएका छन् ।

अरबको मान्छेले लगाएको हेडड्रेस ‘गहफिया’ को थिममा स्टेडियमको डिजाइन गरिएको छ । आगामी ५ बर्षभित्र सम्पन्न गरिने यी स्टेडियमहरुको नमुना सार्वजनिक गर्दै स्टेडियमको क्षमता विश्वकपका लागि ४० हजार दर्शकको बनाइने र विश्वकपपछि २० हजारमा झारिने बताइएको छ ।

कतारले बनाउन लागेको लुसैल स्टेडियमको क्षमता ८६ हजारको हुने छ भने यस स्टेडियममा उद्घाटन सत्र, ग्रुप स्टेजका खेल र फाइनल खेल हुनेछन् ।

त्यस्तै अन्य स्टेडियममा अल बायट स्टेडियम, अल रेयायान स्टेडियम, अल वाकरह स्टेडियम, र कतार फाउन्डेसन् स्टेडियम रहेका छन् यी स्टेडियमहरु सन् २०१९ सम्ममा तयार भैसक्ने बताइएको छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै