• २०८१ बैशाख १३ बिहीबार

इन्जुरी समयमा गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई माटिकले जिताए 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ ।

गएराती भएको खेलमा युनाइटेडले क्रिस्टल प्यालेसलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

२-२ गोलको अवस्थामा रहेको बेला खेलको इन्जुरी समयमा युनाइटेडका नेमन्जा माटिकले निर्णायक गोल गर्दै युनाइटेडलाई जिताएका हुन् । यस अघि खेलको ११औ मिनेटमा क्रिस्टल प्यालेसका टावनसेन्डले गोल गर्दै सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफमा १-० ले अगाडी रहेको क्रिस्टल प्यालेस खेलको ४८औ मिनेटमा भान आनहोल्टको गोलमा अग्रता दोब्बर पारेको थियो ।

२-० ले पछि परेको युनाइटेडले खेलमा कम्ब्याक गर्दै खेलको ५५औ मिनेटमा स्मालिंगको गोलबाट खेलमा फर्किएको थियो । खेलको ७६औ मिनेटमा रमालु लुकाकुले गोल गर्दै खेल २-२ को बराबरी गरेका थिए ।

म्यानचेस्टर युनाइटेड २०१३ पछि पहिलो पटक २-० ले पछि परेपछि खेलमा फर्किदै खेल जितेको छ । २०१३ मा हाल सिटीसँग २-० ले पछि परेपछि खेलमा कम्ब्याक गरेर खेल जितेको थियो । त्यस्तै लुकाकुले लगातर प्रिमियर लिगमा गोल गर्दै आफ्नो प्रिमियर लिग गोल संख्या ९९ पुर्याएका छन् ।

यस जित पछि म्यानचेस्टर युनाइटेड अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । युनाइटेड २९ खेलम ६२ अंक सहित लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिगको शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी भन्दा युनाइटेड १६ अंकले पछाडी रहेको छ । 

त्यस्तै क्रिस्टल प्यालेस २९ खेलमा २७ अंक सहित रेलिगेष्ण जोनमा नै रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै