• २०८१ बैशाख १२ बुधबार

जनताको बहुदलीय जनवाद छाड्न सकिदैन् : उपाध्यक्ष गौतम

kharibot

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफूले जनताको बहुदलीय जनवाद जबज लाई छाड्न नसक्ने बताएका छन् । 

शहीद यदुकुमार गौतमको १९औँ स्मृतिसभालाई सम्बोधन गर्दै उनले जबज संसारकै उत्कृष्ट विचारधारा भएको जिकिर गरे । ‘नेकपा माओवादी केन्द्रसँग एकता भए पनि म जबज छाड्न सक्दिन,’ उनले भने ।

उनले अहिलेसम्म माओवादी केन्द्रसँगको एकताको आधार नै जबज रहेको स्पष्ट गरे । उनले शहीद गौतमले नेपालको कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदानलाई भुल्न नसकिने बताउँदै गौतमको हत्या गरेर तत्कालीन माओवादीले गल्ती गरेको आरोप लगाए ।

यदुको विसं २०५५ फागुन २१ गते रुकुममा तत्कालीन माओवादीबाट हत्या गरिएको थियो । त्यतिबेला उनी एमाले जिल्ला सचिव रहेका थिए । 

कार्यक्रममा माओवादी केन्द्रका नेता जनार्दन शर्माले गौतमको हत्या पार्टीको निर्देशनमा नभई स्थानीयस्तरबाट भएको बताउँदै यदुको हत्यामा पार्टीले गल्ती स्वीकार गरिसकेको बताए । 

कार्यक्रममा यदुकी श्रीमती तीर्थाले पतिको हत्या के कारण भएको हो भन्ने अहिलेसम्म थाहा नपाएको बताउँदै अहिले दुई पार्टी एक हुन थालेकामा आफूलाई खुशी लागेको छ भने । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै