• २०८१ बैशाख ११ मंगलबार

पश्चिम रुकुमको चौरजहारीमा बाल्टिन बम भेटीयो

kharibot

फाइल तस्बिर

रुकुम । रुकुम पश्चिम भागको चौरजहारी नगरपालिका–१० मा निर्माणाधीन चौरजहारी टार सिँचाइ आयोजनाको नहर कुलो खन्दा आज बाल्टिन बम फेला परेको छ । 

बमलाई प्रहरी चौकी सर्केनाले सुरक्षा दिइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए । बम निष्क्रिय पार्न चौरजहारीबाट नेपाली सेनाको टोली र थप प्रहरी त्यसतर्फ गएको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै