• २०८१ बैशाख ८ शनिबार

नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि विकास बैंक लि.छैटौ परिषद सुरु 

kharibot

काठमाडौं ।  कृषि विकास बैंक लि.को केन्द्रीय तालिम प्रतिष्ठान, बोडे भक्तपुरमा नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि विकास बैंक लि. को छैटौ परिषद सुरु भएको छ । सोमबार पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. रामशरण महतको प्रमुख आतिथ्यमा परिषद् सुरु भएको हो । 

कार्यक्रमका प्रमुख अतिथि डा. महतले परिषद्को उद्घाटन गरेका हुन् । उक्त कार्यक्रमका विशिष्ट अतिथि तथा नेपाली कांग्रेसका युवानेता गगन थापा, कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौला लगायत विभिन्न ट्रेड यूनियनका प्रतिनिधीले समेत कार्यक्रमको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए । 

उक्त कार्यक्रमका अध्यक्षता नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि विकास बैंक लि.का केन्द्रीय अध्यक्ष सरोज महतले गरेका थिए भने कार्यक्रमको सञ्चालन उक्त कर्मचारी युनियनका महासचिव सुजित विक्रम शाहले गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै