नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि विकास बैंक लि.छैटौ परिषद सुरु 

खरीबोट
ad

काठमाडौं ।  कृषि विकास बैंक लि.को केन्द्रीय तालिम प्रतिष्ठान, बोडे भक्तपुरमा नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि विकास बैंक लि. को छैटौ परिषद सुरु भएको छ । सोमबार पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. रामशरण महतको प्रमुख आतिथ्यमा परिषद् सुरु भएको हो । 

कार्यक्रमका प्रमुख अतिथि डा. महतले परिषद्को उद्घाटन गरेका हुन् । उक्त कार्यक्रमका विशिष्ट अतिथि तथा नेपाली कांग्रेसका युवानेता गगन थापा, कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौला लगायत विभिन्न ट्रेड यूनियनका प्रतिनिधीले समेत कार्यक्रमको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए । 

उक्त कार्यक्रमका अध्यक्षता नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि विकास बैंक लि.का केन्द्रीय अध्यक्ष सरोज महतले गरेका थिए भने कार्यक्रमको सञ्चालन उक्त कर्मचारी युनियनका महासचिव सुजित विक्रम शाहले गरेका थिए । 

सम्बन्धित समाचार

मुगुको गमगढीमा कृषि विकास बैंकको आधुनिक अनलाईन बैकिङ्गको शुरुवात

मुगु । मुगु जिल्लाको गमगढीमा कृषि विकास बैंकमा अनलाईन बैकिङ्गको शुभारम्भ भएको छ ।  कृषि विकास बैंक लिका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले अनलाईन बैकिङ्गको हालै उद्घाटन गरेका छन् ।  कृषि विकास

भरतपुरमा कृषि विकास बैंकको बैंकिङ अन्तर्क्रिया

काठमाडौं । कृषि विकास बैंकले चितवनको भरतपुरमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । बैंकले यही जेठ १३ गते भरतपुर गार्डेन रिसोर्ट प्रा.लि.मा बैंकको क्षेत्रीय कार्यालय वीरगञ्जले “स्थानीय तहमा कृषि विकास

चितवनको भरतपुरमा कृषि विकास बैंकको जनप्रतिनिधिसँग अन्तरकृया

काठमाडौँ । कृषि विकास बैंकले चितवनमा ‘स्थानीय तहमा कृषि विकास बैंक’ विषयक एक दिने अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।  कृषि विकास बैंक लि., क्षेत्रीय कार्यालय वीरगञ्जले आयोजना गरेको सो कार्यक्रममा

कालिकोटको मान्मामा कृषि विकास बैंकको आधुनिक अनलाईन बैकिङ्गको शुरुवात

कालिकोट । कालिकोट जिल्ला खाडाचक्र नगरपालिका मान्मामा कृषि विकास बैंक लि.मा अनलाईन बैकिङ्गको शुभारम्भ भएको छ । कार्यक्रमको कृषि विकास बैंक लिका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले हालै उद्घाटन गरेका