• २०८१ बैशाख ६ बिहीबार

सिरिजको पहिलो टेस्टमा अस्ट्रेलियाद्वारा दक्षिण अफ्रीका पराजित 

kharibot

काठमाडौँ । अस्ट्रेलियाले दक्षिण अफ्रीकाविरुद्धको पहिलो टेस्ट जितेको छ ।

अस्ट्रेलिया भ्रमणमा रहेको दक्षिण अफ्रीका टेस्ट क्रिकेटको पाचौ दिन ११८ रनले पराजित भएको छ ।  टस जितेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले पहिलो इनिंगको १८९ रनको बढ्त सहित दोस्रो इनिंगमा २२७ रन बनाएपछि दक्षिण अफ्रीकालाई ४१७ रनको लक्ष्य दिएको थियो ।

४१७ रन पछ्याएको दक्षिण अफ्रिका २९८ रन बनाउदा अल आउट भएपछि खेल ११८ रनले गुमाउन पुग्यो ।

दक्षिण अफ्रीका को पारीमा एइडेन मरक्रामले सर्वाधिक १४३ रन बनाएका थिए भने डि ककले ८३ रन बनाए । दक्षिण अफ्रीका पहिलो पारीमा १६२ रनमा अल आउट भएको थियो ।

दक्षिण अफ्रीकालाई पराजित गर्ने क्रममा अस्ट्रेलि का बलर मिच स्ट्राकले पहिलो पारीमा ५ र दोस्रो पारीमा ४ विकेट लिएका थिए भने हजेलवुडले पहिलो पारीमा एक र दोस्रो पारीमा ३ विकेट लिएका थिए ।

खेलको म्यान अफ द म्याच मिच स्ट्राक बनेका छन् ।

चार टेस्ट खेलको सिरिजमा अस्ट्रेलियाले १-० को बढ्त लिएको छ । अब दोस्रो टेस्ट खेल आगामी मार्च ९ तारिखमा सुरु हुने छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै