• २०८१ बैशाख ११ मंगलबार

काँग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित 

kharibot

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । 

प्राप्त मत परिणाम अनुसार सभापति देउवाले ४४ मत ल्याएर विजयी भएका छन् भने प्रतिष्पर्धामा रहेका नेता प्रकशमान सिंहले १९ मत ल्याएका छन् । 

जम्मा २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद रहेका छन् । 

काँग्रेस संसदीय दलको कार्यालय परिसर, सिंहदरबारमा मतदान सम्पन्न भएको थियो । 

काँग्रेस संसदीय दलको विधान अनुसार राष्ट्रियसभा काँग्रेसको नेता प्रतिनिधिसभाको संसदीय दलको नेताले नै तोक्ने व्यवस्था अनुसार अब सभापति तथा संसदीय दलको नेता शेरबहादुर देउवाले नै राष्ट्रिय सभामा दलको नेता चयन गर्ने भएका छन् । 

त्यस्तै राष्ट्रियसभाको प्रमुख सचेतक पनि प्रतिनिधिसभाको प्रमुख सचेतकको सिफारिसमा संसदीय दलको नेताले नै चयन गर्ने व्यवस्था काँग्रेसको संसदीय दलको विधानमा रहेको छ । ५९ सदस्यीय राष्ट्रियसभामा काँग्रेसका १३ जना सांसद छन् । 

देउवा सरकारले मनोनित गरेका तीन जनाको मनोनयन वर्तमान ओली सरकारले खारेज गरेर नयाँ नाम सिफारिश गरेपछि सो विषय अहिले अदालतमा रहेको छ । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै