• २०८१ बैशाख ११ मंगलबार

आन्द्रे इनेस्टा घाइते, चेल्सीविरुद्धको च्याम्पियन्स लिग खेल्नेमा आशंका 

kharibot

काठमाडौँ । बार्सिलोनाका प्ले मेकर आन्द्रे इनेस्टा घाइते भएका छन् ।

गएराती एथलेटिको म्याड्रिडविरुद्धको खेलमा घाइते भएपछि उनि खेलको ३६औ मिनेटमा मैदानबाट बाहिरिएका थिए । खेलको २२औ मिनेटदेखि नै समस्या देखिएकोमा उनले ३६औ मिनेटमा खेल छोडेका थिए । 

बार्सिलोनाले इनेस्टाको इन्जुरी बारे जानकारी दिदै इनेस्टाको हार्म्सटिङ इन्जुरी भएको र थप जाँच पछि मात्र विस्तृत जानकारी प्राप्त हुने बताएको छ । 

इनेस्टाको इन्जुरीपछि उनि आगामी मार्च १५ मा चेल्सीविरुद्ध हुने च्याम्पियन्स लिगको रिटर्न लिगमा खेल्न नपाउने आशंका बढेको छ । यद्यपी यस बारेमा बार्सिलोनाले आधिकारिक रुपमा केहि जानकारी दिएको छैन । 

गत फेब्रुअरी २० मा चेल्सीको घरेलु मैदानमा भएको खेलमा १-१ गोलको बराबरीमा रोकिएको बार्सिलोनाले आफ्नो घरेलु मैदानमा दोस्रो लिग खेल्दै छ । पहिलो लिगमा चेल्सीले सुरुवाती अग्रता लिएको अवस्थामा मेसीले गोल गर्दै खेल १-१ को बराबरी गरेका थिए ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै