• २०८१ बैशाख ७ शुक्रबार

साउदी अरबमा के के हुदै छ सुधार ? राजकुमार सलमानले गरे परिवर्तन

kharibot

काठमाडौँ । केहि समय यता साउदी अरबमा भएका परिवर्तनहरुको अहिले बिश्वभर चर्चा चलिरहेको छ ।

साउदी राजकुमार विन सलमानको नेतृत्वमा भएका यी परिवर्तनले साउदी अरबलाई नयाँ दिशातर्फ लादै गरेको धेरैले विश्लेषण गरेका छन् । विश्वभर साउदीमा भएका पछिल्ला परिवर्तन अत्यन्त सकारात्मक रहेको प्रतिक्रिया आइरहेको छ । 

राजकुमार सलमानले साउदीमा सुधारका कार्यक्रमको घोषणा गर्दै त्यसलाई विजन २०३० को नाम दिएका छन् । २०१६ अप्रिलमा जारी गरिएको सो दास्तावेजलाई साउदीको मन्त्रिपरिषदले स्वीकृति प्रदान गरिसकेको छ ।

यस कार्यक्रम अनुसार साउदी अरबलाई तेलको निर्भरता कम गर्ने देखि लिएर सात अर्ब साउदी रियालका ८० परियोजनाको संचालन सुरु गरिएको छ । 

पछिल्लो समय महिलाहरुलाई धेरै सुबिधा दिने घोषणा गरिएको छ । महिलाले सवारी चलाउने, स्टेडियममा गएर फुटबल हेर्ने, सिनेमा हेर्न जान पाउने, सेनामा जागिर खान पाउनेसम्मका निर्णयहरु राजकुमार सलमानको नेतृत्वमा गरिएको छ । त्यस्तै हालै एक महिलालाई मन्त्री नियुक्ति गरेर महिला प्रति साउदी सरकार उदार हुदै गएको उदाहरण प्रस्तुत गरेको छ ।

त्यस्तै भ्रष्ट्राचारविरुद्ध अभियान चलाउदै दर्जनौ राजकुमार र ब्यापारीहरुलाई हिरासतमा लिएर १०७ अर्ब डलर भन्दा बढी रकम पनि असुल गरिएको छ । यस कदमको आलोचना भएपनि यसलाई सरकारले आर्थिक अनुशासनको कदम भएको बताएको छ ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै