• २०८१ बैशाख ६ बिहीबार

विश्वकप छनौटको पहिलो खेलमा नेपाल आयोजक जिम्बाबेसँग पराजित 

kharibot

काठमाडौँ । आइसीसी विश्वकप छनौट खेल अन्तर्गत नेपालले पहिलो खेलमा हार बेहोरेको छ । आयोजक जिम्बाबेसंग खेलेको पहिलो खेल ११६ रनले हारेको छ ।

नेपालले पाएको ३८१ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरको पुरा खेलमा ८ विकेट गुमाउदै २६४ रन बनाएको थियो । नेपालका लागि सर्वाधीक शरद भेश्वाकर अर्धशतक ५२ रन जोडे भने आरिफ शेख पनि ५० रन बनाए ।

त्यसैगरी कप्तान पारस खड्का ४०, उपकप्तान ज्ञानेन्द्र मल्ल ३२ बनाए भने । अर्का व्याट्सम्यान रोहित कुमार पौडेलले २८ र दिपेन्द्रसिंह ऐरी २३ बनाए भने । अन्तिमतिर आएका सोमपाल कामीले १२ रन बनाए भने बसन्त रेग्मी दिलीप नाथ, र सन्दीप लामिछानेले दोहोरो अंक जोड्न सकेनन् । 

जिम्वावेका बलरहरुमा सिकन्दर राजाले ३ विकेट र ब्रेन भिटोरीले २ विकेट लिए भने ग्रिम क्रेमर ९कप्तान०, टेन्डाइ चातारा समान १ विकेट लिएका थिए । 
यसअघि आइसीसी विश्वकप छनौटको पहिलो खेलमा जिम्बाबेले नेपाललाई ३८१ रनको लक्ष्य दिएको थियों ।

टस जितेर पहिला ब्याटिंग गरेको जिम्बाबेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउदै ३८० रन बनाएको थियो  । जिम्बाबेका लागि ब्रेण्डन टेलर र सिकन्दर राजाले शतक प्रहार गरेका थिए । सिकन्दरले ६६ बलमा १२३  रन बनाएका थिए भने टेलरले १०० रन आउट भएका थिए  ।

जिम्बाबेका लागि सोलोमन मिरेले ५२ र केफाज झुवाओले ४१ रन बनाएका थिए  । जिम्बाबेले बनायो यो रन नेपालविरुद्ध कुनै पनि टिमले बनाएको सबैभन्दा धेरै रन हो  । यस अघि २०१३ मा डिभिजन ३ को खेलमा अमेरिकाले नेपालविरुद्ध ३६६ रन बनाएको थियो  ।

नेपालका लागि बसन्त रेग्मी र सोमपाल कामीले २९२ विकेट लिए भने सन्दीप लामिछाने र यस खेलमा डेभ्यु गरेका ललित राजबंशीले एक९एक विकेट लिएका थिए  । नेपालले अब प्रतियोगिताको दोस्रो खेल आगामी फागुन २४ गते स्कटल्याण्डसँग खेल्ने छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै