साँफेबगर नगरपालिकामा सूचना प्रविधि केन्द्र स्थापना

खरीबोट
ad

अछाम । अछामको साफेबगर नगरपालिकाले नगर डाटा प्रोटल तथा सूचना प्रविधि केन्द्रको स्थापना गरेको छ । नगरपालिकाले शनिबार सूचना प्रविधि केन्द्रको शुभारम्भ गर्दै सूचना प्रविधि केन्द्र स्थापना गर्नेमा देशभरमै पहिलो स्थानीय तह बनेको बताएको छ । 

स्थानीय जनतालाई सुसूचित पार्ने र नगरका हरेक गतिविधिलाई सूचना प्रविधिसँग अपडेट गराउने उद्देश्यले सूचना प्रविधि केन्द्रको स्थापना गरिएको नगरपालिकाले जनाएको छ । मालिका विकास संघ नामक गैरसरकारी संस्थाको आर्थिक सहयोगमा नगरमा सूचना प्रविधि केन्द्र स्थापना गरिएको हो । 

सूचना प्रविधि केन्द्रमार्फत नगरपालिकाभित्र भएका सबै नीतिगत निर्णय तथा कार्यक्रमको बारेमा सजिलै जानकारी प्राप्त गर्न सकिने नगर प्रमुख कुलबहादुर कँुवरले बताउनुभयो । जनप्रतिनिधि भइसकेपछि नगरपालिकाको कार्यालयमा सिसी क्यामरासमेत जडान गरिएको हो । सूचना प्रविधि केन्द्रको उदघाट्न गर्दै प्रदेश सांसद हर्कबहादुर कुँवरले छिटो छरितो, सुशासनका लागि प्रदेश ७ का सबै जिल्लामा विस्तार गर्न प्रदेश सरकारमा आफूले प्रस्ताव राख्ने प्रतिबद्धता जनाए । 

यस्तै धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वडले २१औँ शताब्दीमा नेपालमा करिब ८० प्रतिशतभन्दा बढी जनताले मोबाइल प्रयोग गर्ने भएकाले त्यसैमा सूचना पाउने वातावरण मिलाउनका लागि सूचना प्रविधि केन्द्रको आवश्यकता भएको उल्लेख गरे । 

सम्बन्धित समाचार

राजधानीमा प्रथम विज्ञान प्रविधि राष्ट्रिय युवा सम्मेलन हुदै

काठमाडौँ / विज्ञान, सूचना तथा प्रविधिका विभिन्न विषयगत क्षेत्रका विद्यमान अवस्थाका बारेमा समीक्षा गर्दै आगामी १० वर्षका लागि आवश्यक कार्यनीति तय गर्न आगामी असार ४ देखि ६ गतेसम्म राजधानीमा प्रथम विज्ञान

राप्रपा प्रवास विभागको सुचना तथा प्रविधि प्रमुखमा राजेश रिजाल मनोनित 

काठमाडौँ । राप्रपा प्रवास विभागका प्रमुख विजय खडकाले विभागका सदस्य युवा ईन्जिनियर,आइटी विज्ञ राजेश रिजाललाई विभागको सुचना तथा प्रविधि प्रमुखमा मनोनयन गरेका छन् ।  पार्टीलाई नयाँ टेक्नोलोजीको विषयमा अपडेट गराउदै विभागलाई

प्रविधिको पहुँच दूरदराजसम्म पुर्याइनुपर्छ : सञ्चार राज्यमन्त्री बाँस्कोटा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना तथा सञ्चार प्रविधिको पहुँच देशका ग्रामीण भेगका दूरदराजसम्म पुर्याइनुपर्ने बताएका छन् ।      ‘इन्टरनेशनल गल्र्स इन आइसिटी डे’ को अवसरमा सञ्चार

सञ्चार मन्त्रालयको सयदिने कार्ययोजना सार्वजनिक

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी सय दिनको २१ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ ।  मन्त्रालयले यहाँ आज पत्रकार सम्मेलन आयोजना गरी दूरसञ्चार सेवा र प्रविधिमा आएको परिवर्तन र

Loading...

Loading...