• २०८१ बैशाख ७ शुक्रबार

श्रीदेवीकी छोरी जान्ह्वी कपुरले लेखिन आमालाई सम्झेर भावुक पत्र

kharibot

मुम्बई । हालै निधन भएकी बलिवुड अभिनेत्री श्रीदेवीकी जेठी छोरी जान्ह्वी कपुरले एक सार्वजनिक पत्र लेख्दै आफ्नी आमालाई सम्झिएकी छन् । आफ्नो सामाजिक संजाल इन्स्टाग्राममा सार्वजनिक सो पत्रमा जान्ह्वीले आफ्नो आमा र आफ्नो सम्बन्धका बारेमा खुलेर लेखेकी छन् ।

जान्ह्वीले आफ्नी आमाको निधन पछि पहिलो पटक यस बारेमा सार्वजनिक रुपमा बोलेकी हुन् ।

उनले लेखेकी छन् –

मलाई मेरो दिमागमा एक किसिमको तकलिफपूर्ण खालीपन महसुस भइरहेको छ । तर मलाई थाहा छ की मैले यसैको साथ बस्न सिक्नु पर्दछ । यहि पुरा खालीपनका साथ । मैले अहिलेपनि तपाईको प्रेम महसुस गर्दछु । मलाई यस्तो लाग्छकी तपाईले दुख र दर्दले मलाई मेरो रक्षा गरिरहनु भएको छ ।  जहिले पनि मैले आफ्नो आँखा बन्द गर्दछु मलाई केवल राम्रो कुरा याद आउछ ।  मलाई थाहा छ तपाईले नै यो सब गरिरहनु भएको छ ।

तपाई हाम्रो जिन्दगीमा एक बरदान जस्तै हुनुहुन्थ्यो ।  हामीलाई तपाईसँग रहने जति पनि समय मिल्यो त्यो एक आशिर्वाद जस्तै थियो ।  तपाइँ यस दुनियाँका लागि नबनेकैले तपाइँलाई फिर्ता बोलाइयो । तपाई सार्है राम्री, पवित्र र प्रेमले भरिपूर्ण हुनुहुन्थ्यो । हामीलाई यस्तो लाग्छ कमसेकम तपाई हामीसँग सँगै त हुनुभयो ।

मेरा साथीहरु हमेशा भन्ने गर्दथे की तिमि किन सधै खुशी हुन्छौ । अहिले आएर मलाई महसुस हुदै छ की त्यो खुशी तपाइँका कारणले गर्दा थियो ।  कसैले के भन्यो त्यसको कुनै अर्थ राख्दैनथ्यो ।  कुनै समस्या ठुलो हुदैनथ्यो र कुनै दिन उदास थिएन किनकी म तपाईसँग थिए । तपाईले मलाई असाध्यै प्रेम गर्नुहुन्थ्यो । मलाई सधै तपाईको जरुरत पर्दथ्यो । तपाई मेरो आत्माको एक हिस्सा हुनुहन्थ्यो । मेरो सबै भन्दा राम्रो साथी मेरो सबकुछ ।

आमा मैले तपाईका लागि सबकुछ गर्न चाहन्थे ।  म चाहन्छुकी म प्रति तपाई गर्व गर्नुस । हरेक दिन म जे गर्छु यहि आशाका साथ गर्नेछु की तपाईलाई म प्रति गर्व होस् । म तपाईसँग बाचा गर्छु की म यहि सोचका साथ् हरेक दिन उठ्ने छु । किनकी तपाई यहि हुनुहुन्छ र म तपाइँलाई महसुस गर्न सक्छु ।  तपाइँ म, खुशी र बाबाभित्र मौजुद हुनुहुन्छ । तपाइँले हामीसँग जुन छाप छोड्नु भएको छ त्यो यति गहिरो छकी  हामी अगाडी बढ्नलाई त्यो काफी छ तर तपाइँ बिना त्यो आफैमा पूर्ण भने कहिल्लै हुने छैन ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै