• २०८१ बैशाख १२ बुधबार

एमाले- माओवादीले सांसदलाई दिएको प्रशिक्षण सहभागी भए नवराज सिलवाल  

kharibot

काठमाडौँ । ललितपुर क्षेत्र नम्बर एक बाट नेकपा एमालेबाट निर्वाचित सांसद नवराज सिलवाल एमाले तथा माओवादीबाट संघिय संसदमा निर्वाचित सांसदहरूलाई प्रशिक्षण दिन संसद भवन नयाँ वानेश्वर आयोजित कार्यक्रममा सहभागी भएका छन् ।

प्रहरीले खोजी गरिरहेको भनिएका सांसद सिलवाल पछिल्ला केहि महिनामा पहिलो पटक रुपमा देखिएका हुन् । किर्ते कागजपत्र सम्बन्धी मुद्धामा प्रहरीको खोजि सुचीमा रहेका सिलवाल करिब पौने ११ बजे संसदमा पुगेका हुन् । संसद भवनमा जाँदा उनी एक्लै थिए । 

पार्टी एकताको क्रममा रहेका दुबै दलले संसदमा कसरी अघि बढ्ने भन्ने विषयमा सांसदहरूलाई प्रशिक्षण दिन शनिवार बोलाएको हो । सिलवाल पनि सोही प्रशिक्षणमा सहभागी भएका हुन् । आइतबार संघीय सांसदहरूको शपथग्रहण हुँदैछ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै