• २०८१ बैशाख ८ शनिबार

सुन्दरता बढाउन छालामा आलुको प्रयोग 

kharibot

काठमाडौँ । तपाई आफ्नो अनुहारको दाग हटाउन र आँखाको डार्क सर्कल कम गर्नको लागि आलुको प्रयोग गर्न सक्नुहुन्छ । आलुको रस आँखाको वरिपरि लगानउने गर्नाले यसले आँखालाई सफा गर्दछ । 

अनुहारमा निखारता ल्याउनको लागि कसरी सकिन्छ त घरैमा आलुको फेसप्याक तयार गर्न 

आलु र अंडाको फेसप्याक

आलु अंडाको फेसप्याक लगाउनाले अनुहारको पोर्स टाइट हुन्छ । आधा आलुको रसमा एक अंडाको सेतो भाग मिलाएर राम्रोसँग मिसाउनुस् । यसलाई अनुहारमा लगाएर २० मिनेट राख्नुस् र सफा पानीले अनुहार धुनुस् तपाई तुरुन्त फरक अनुभव गर्नु हुनेछ । 

आलु हल्दीको फेसप्याक

हालु हल्दीको फेसप्याकको नियमित प्रयोगले छालाको रंग सफा बनाउछ । आधा आलुमा एक चिम्टी हल्दी मिलाएर अनुहारमा लगाएर आधा घण्टाको लागि छोडिदिनुस् । र चेहरा पानीले सफा गर्नुस् । यसको प्रयोग हप्तामा एक पटक चाहीँ अनिवार्य गर्नुस् । 

आलु र दुधको फेसप्याक

आधा आलुको रस निकालेर यसमा दुई चम्चा काच्चो दुध मिसाएर अनुहारमा लगाउनुस् र २० मिनेटपछि पानीले सफा गर्नुस् । एक हप्तामा तीन पटक यसो गर्दा तपाईको अनुहार सफा देखिन थाल्छ । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै