• २०८१ बैशाख ७ शुक्रबार

प्रेम समर्पण-[कविता]

kharibot

कालोरात्री ढल्दै त्यो चन्द्र 
उदाउँदा याद आईरहन्छ
त्यो मुहारको समर्पण प्रिय !!

त्यो चिसो रात जब शीतका 
थोपा देखिन्छन्
ओशका थोपाले धर्तीलाई चुम्छन्
मेरो आलिङ्गनमा तिमी आउँछौं
अंगालोमा सिमटिएर तिमी 
त्यो तातोपनको स्पर्श गर्छौ!!

मानौ डाली आतुर प्रेम रसमा डुब्न नै
स्पर्शले लेख्दै नवारणी कथा 
त्यो चुम्बन हरेक अङ्ग अङ्गमा 
कति मात लाउँदो हुन्छ !!

पग्लदै छ मोम जसरी निरन्तर 
त्यसरी भईरहेछह प्रेमको वर्णन प्रिय,
कतै छ मिसिनु समर्पण जिन्दगी 
कतै छ अटुट बन्धनको अर्पण जिन्दगी 
शितल प्रेम हृदयले 
जिन्दगी ढाकिन्छ !!

छोटो जिन्दगीको लामो यात्रामा
अधुरो छ जीवन मेरो र तिम्रो पनि
एक अर्काको निरन्तर चाहिन्छ साथ,
ती ओठका पंखुरीहरू 
सुन्दर कमलका नयन
बडो लल्चाउन्छन्,

जति बग्यो उति बग्न मन लाग्ने 
बडो सुन्दर लाग्ने ,
हृदयको साथ मन एउटै भएर
चल्छ हेर,
त्यो मधुर मुस्कान आउँछ जब 
हुन्छ स्पर्शको आभास !!

तब यस्तो लाग्छ द्वेय जिन्दगीको
अनन्त अनुरागमय बनी समर्पित भई
निश्चयको पाटोमा उद्धरण सरी
सफल प्रेमी प्रेमाको
साइनो बनेको हुन्छ प्रिय !!

#सविता देवकोटा(ज्ञानी)
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै