• २०८१ बैशाख ७ शुक्रबार

राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणा उपचारका लागि भारत प्रस्थान

kharibot

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर जवरा स्वास्थ्य उपचारका लागि शुक्रबार भारत प्रस्थान गरेका छन्  । 

आयुर्वेदिक पद्धतिबाट उहाँको स्वास्थ्योपचार गराइने पार्टीले जनाएको छ । अध्यक्ष राणा उपचारका क्रममा एक साता भारत बस्ने सन्दर्भमा पारिवारिक तथा निजी भेटघाटका कार्यक्रम तय गरिएको छ । 

सोही क्रममा भारतका विभिन्न दलका महत्वपूर्ण नेतासँग भेट तथा छलफल हुने पार्टीका महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए । उनको यही फागुन २४ गते स्वदेश फर्कने कार्यक्रम छ । यसअघि पनि उनी उपचारकै क्रममा करिब तीन साता लामो समय भारत बसेर तीन दिनअघि मात्र नेपाल आएका थिए ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै