• २०८१ बैशाख ६ बिहीबार

शनिग्रहजत्रै ७०० प्रकाशवर्ष टाढाको एक्सोप्लानेटमा पानी भेटिएको नासाको खुलासा 

kharibot

तस्बिर : डेलीमेल/नासा

युरोप । हाम्रो अर्थात् पृथ्वीको सौर्यप्रणालीबाहिर रहेको एउटा ठूलो ग्रह (एक्सोप्लानेट)को वायुमण्डलमा पर्याप्त पानीको परिमाण फेला परेको वैज्ञानिकहरुले बताएका छन् ।

डब्ल्युएएसपी–३९बी नामको उक्त ग्रह पृथ्वीभन्दा ७०० प्रकाशवर्ष टाढा रहेको छ । यसमा शनिभन्दा धेरै क्षेत्रवरिपरि पानी रहेको उनीहरुको भनाइ छ ।

अध्ययनका क्रममा वैज्ञानिकहरुले शनिको घेराभन्दा छुट्टै गरी त्यहाँ पानी रहेको फेला पारेका हुन् । डब्ल्युएएसपी–३९बी तारामण्डलको एकदमै तातो ग्रह हो । यसले सूर्यजस्तै ताराको चार दिनमा एकपटक परिक्रमा गर्छ ।

पृथ्वीले सूर्यको परिक्रमा गरेभन्दा २० गुणा नजिकमा रहेर ताराको परिक्रमा गर्छ । यसमा दिनको तापक्रम १४ सय ३० डिग्री फरेनहाइट अर्थात् ७७६.७ डिग्री सेल्सियससम्म पुग्छ । 

त्यस्तै रातमा तातो हावाले ग्रहको सबैभागमा तापक्रम पुर्याउँछ । यद्यपि यो ग्रह बस्नयोग्य त छैन, तर विज्ञहरुका अनुसार यसको जलयुक्त हावापानीको अध्ययनबाट धेरै ज्ञान हासिल भने गर्न सकिनेछ । वैज्ञानिकहरुले छुट्टाछुट्टै तत्वहरुबारे विश्लेषणका क्रममा वायुमण्डलमा पानी रहेको विश्वास गरेका थिए ।

तर त्यसका लागि उनीहरु पूर्णतयारीसाथ थिएनन् । ठूलो परिमाणको पानीलाई आधार मानेर विज्ञहरुले यसले घुम्ने ताराभन्दा भिन्नै प्रकारको बनावट यो ग्रहमा भएको बताएका छन् । सोही कारण उक्त तारामण्डलमा यो ग्रह कतैबाट बसाइसराइपछि आइपुगेको हुनसक्ने बताइएको छ ।

यूकेको डेभोनस्थित युनिभर्सिटी अफ एक्जिटर र मेरिल्याण्डको बालटिमोरमा रहेको स्पेस टेलिस्कोप साइन्स इन्स्टिच्युटका अध्येता हना वेकफोर्डले अरुको सौर्यप्रणाली अध्ययनबाट हाम्रो सौर्यप्रणालीबारे जानकारी मिल्ने बताए । 

ग्रहहरुको बनावटबारे अध्ययन गर्दा सोचेभन्दा धेरै जटिलता र दिग्भ्रमहरु देखिएको अध्येताहरुको भनाइ छ । शनिसँग तुलना गरिए पनि डब्ल्युएएसपी–३९बी शनिभन्दा धेरै फरक रहेको छ । यो ग्रहमा शनिमा जस्तो बाहिरी घेरा छैन । यसको वायुमण्डल एकदमै हलुको र उच्च उचाइमा बादलहरु रहेको छ । 

वैज्ञानिकहरुले हब्बल एण्ड स्पाइट्जर स्पेस टेलिस्कोपबाट वाटर फिंगरप्रिन्ट पत्ता लगाउने प्रयास गरेका हुन् । यसबाट उक्त ग्रहको वायुमण्डलको तस्बिर लिइएको थियो । हब्बल नासा र युरोपेली एजेन्सीले लन्च गरेको स्पेस टेलिस्कोप हो । यसले स्पेसबाटै लामो समय अवलोकन गर्छ ।

यसले अल्ट्राभाइलेट प्रकाशहरुको अवलोकन गर्छ । जुन प्रकाशहरु वायुमण्डल छिचोल्न सक्छन् । यो टेलिस्कोप पृथ्वीभन्दा ३ सय ७० माइल माथि रहेर अन्तरिक्षबारे अवलोकन गर्छ । यसले आफ्नै आँखाबाट प्रकाशहरुको अवलोकन गर्छ ।

यो टेलिस्कोप पृथ्वीका टेलिस्कोपभन्दा पाँच गुणा ठूलो रहेको छ । यसले खिचेको तस्बिरबाट इन्द्रेणीजस्तै देखिने एक्सोप्लानेटको वायुमण्डल देख्न सकिन्छ । 

अब आउनेवाला जेम्स वेब स्पेस टेलिस्कोपद्वारा अध्येताहरुले अझै धेरै यसबारेका रहस्यहरु पत्ता लाग्ने आशा गरेका छन् । यसको एटमोस्फिअरमा रहेको कार्बोन र अक्सिजनलाई धेरै अध्ययन गरी वैज्ञानिकहरुले यसको बनावटबारे पत्ता लगाउन सक्नेछन् ।  

  • डेलीमेलमा बिहीबार प्रकाशित यस आलेखको भावानुवाद । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै