• २०८१ बैशाख १२ बुधबार

जनकपुरमा होली भोलि मनाइदै

kharibot

जनकपुरधाम ।  सद्भाव, उमंग, प्रसन्नता र रङको पर्व होरी (होली) जनकपुरधाम क्षेत्रमा भोलि मनाइने भएको छ । 

मिथिलाञ्चलको महाकुम्भ मानिएको १५ दिने मिथिला माध्यमिकी परिक्रमा सकिएको भोलिपल्ट यसक्षेत्रमा होरी मनाइने परम्परा छ । 

माध्यमिकी परिक्रमाको अन्तिम दिन आज लाखौँ श्रद्धालुले जनकपुरधामको पाँच कोसको परिक्रमा सम्पन्न गरेका र सोहीअनुसार यस क्षेत्रमा होरी भोलि मनाइने भएको हो ।पन्ध्रदिने परिक्रमा नेपालको १०८ किलोमिटर तथा भारतको २७ किलोमिटर पैदल यात्रामा लाखौँ साधु सन्त, गृहस्थ तथा श्रद्धालुको सहभागिता थियो । 

मिथिला माध्यमिकी परिक्रमालाई नेपाल भारतको सांस्कृतिक सेतु पनि मानिएको छ । सन् १८१६ मा भएको सुगौली सन्धिले प्राचीन मिथिलालाई नेपाल र भारत गरी दुई चिरामा विभाजित गरे पनि नेपाल र भारत मैत्रीको प्रतीक मिथिला परिक्रमामा भने कुनै आँच आएको छैन । 

यो धार्मिक यात्राबाट सतकर्म, पाप तथा अन्य कष्टबाट मुक्ति पाउनाका साथै मनोकाञ्छित फल प्राप्त हुने जनविश्वास छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै