• २०८१ बैशाख ७ शुक्रबार

बाहुबली स्टारसँग काम गर्ने भएपछि श्रद्धा कपुरको फिस बढ्यो

kharibot

बलिवुड अभिनेत्री श्रद्धा कपुरले बहुबली स्टार प्रभाससँग फिल्म ‘साहो’ मा काम गर्ने भएपछि आफ्नो फिसमा व्यापक बढोत्तरी गरेको बलिवुडमा चर्चा चलेको छ ।

भारतीय मिडिया रिपोर्टसहरुलाई आधार मान्ने हो भने यसअघि अनुष्का सेठ्ठीले गर्ने भनेको साहोको भूमिकाका लागि श्रद्धा कपुरलाई फिल्मका निर्माताले ९ करोड रुपैयामा साइन गरेका छन् ।

तीन भाषामा बन्ने यो फिल्मका लागि श्रद्धाले सुरुमा १२ करोड डिमाण्ड गरेको भएपनि निर्माताले ९ करोडमा मनाएको रिपोर्टस बाहिरिएको छ । श्रद्धाले यसअघि प्रति फिल्म ३ करोड रुपैया लिने बताइएको छ ।

करिब १५० करोड रुपैयाँमा निर्माण हुन् लागेको साहोका लागि बाहुबली स्टार प्रभासले भने श्रद्धाले भन्दा तीन गुणा बढी ३० करोड रुपिया लिएको बलिवुडमा चर्चा छ । प्रभासले बाहुबलीका लागि २५ करोड भारतीय रुपैयाँ लिएका थिए ।

हिन्दी, तामिल र तलेगु गरी तीन भाषामा बन्ने यस फिल्मको सुटिंग भने सुरु भैसकेको छ । फिल्मको सुटिंग भारतको हैदरावादमा र भारत बाहिर आबुधावी र रोमानियामा हुने बताइएको छ  ।  

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै