• २०८१ बैशाख ८ शनिबार

घाइते नेइमार यस सिजन पिएसजीबाट खेल्न नसक्ने, विश्वकपअघि मात्र मैदानमा आउने 

kharibot

काठमाडौँ । पिएसजीका सुपरस्टार नेइमार खुट्टाको अप्रेसन गर्न आफ्नो देश ब्राजिल फर्किएका छन् । 

गत शनिबार मार्सेलीविरुद्धको खेलमा खुट्टाको कुर्कुच्चा र पाचौ औला भाचिएको नेइमार अब फुटबल मैदानबाट करिब तीन महिना बाहिर हुने बताइएको छ ।

आगामी साता रियल म्याड्रिडविरुद्ध हुने च्याम्पियन्स लिगको महत्वपूर्ण खेल पनि नेइमारले गुमाएका छन् । अब नेइमार रसिया विश्वकपका लागि मात्र फिट हुने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । यस इन्जुरीसँगै पिएसजीबाट यस सिजनका खेलहरु गुमाउने आशंका गरिएको छ ।

भासिएको खुट्टाको अप्रेशनका लागि ब्राजिलको रियो दि जेनेरियो एयरपोर्टमा व्हिलचेयरमा देखिएका नेइमारलाई ब्राजिल राष्ट्रिय टिमका डाक्टरले जाँच गरेपछि अप्रेशन गर्नुपर्ने निर्णय गरेका थिए ।

पिएसजीले पनि एक विज्ञप्ती जारी गर्दै पिएसजी र ब्राजिल राष्ट्रिय टिमका अधिकारीको संयुक्त निर्णयबाट नेइमारको अप्रेशन गर्ने निर्णय गरिएको उल्लेख गरेको छ । नेइमारको यसै साताको अन्त्यमा ब्राजिलमा अप्रेशन हुने पनि पिएसजीले उल्लेख गरेको छ ।

नेइमारको अप्रेशन गर्ने डाक्टर रोड्रीगो लसमारले नेइमारको खुट्टाको महत्वपूर्ण हड्डी भाँचिएकोले उनि ठिक हुन साढे दुई महिनादेखि तीन महिनासम्म लाग्ने बताएका छन् । डाक्टर लसमारले शनिबार बिहान नेइमारको अप्रेशन हुने पनि बताएका छन् । डाक्टरको प्रतिक्रिया अनुसार नेइमार विश्वकप सुरुहुन एक साता अघि मात्र मैदानमा आउने छन् भने पिएसजीको यस सिजनमा अब मैदानमा आउने छैनन् ।
   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै