ह्याप्पी होली !

खरीबोट
ad

काठमाडौं । हिन्दूहरुको विविध चाडपर्वमध्ये एक हो फागु महोत्सव । होली वसन्त ऋतु आएको जानकारी दिने पर्व हो । 

उपत्यकालगायत पहाडी भेगमा पूर्णिमाको दिन फागुपूर्णिमाको रुपमा मनाइने यो  पर्व मधेशमा भने भोलिपल्ट होलीको रुपमा धुमधामसँग मनाउने गरिन्छ । शुक्ल पक्षको पूर्णिमामा होलीका गीतहरु गाँउदै रातभरि विभिन्न कार्यक्रम आयोजना गर्ने प्रचलन पनि रहेको छ कतिपय ठाँउहरुमा । आजको दिन नेपालमा सार्वजनिक विदा दिईन्छ, उपत्यका लगायत अन्य ठाँउहरुमा आजै अर्थात् फागु पूर्णिमाकै दिन अनि तराई क्षेत्रमा भोलिका दिन विदा दिइन्छ । 

रंगहरुको उमंगको रुपमा मनाइने यो पर्वको महत्व धार्मिक कथाहरुसँग जोडिएर आएको पाइन्छ । सत्ययुगको पौराणिक कालखण्डमा दानवहरुको राजा हिरण्यकशिपुले ईश्वरीय आस्थामा मन राख्ने आफ्नो छोरा प्रह्लादलाई कुनै पनि उपायबाट मार्न नसकेपछि आगोेबाट नडढ्ने वरदान पाएकी घमण्डी बहिनी होलिकाको सहयोगमा प्रह्लादलाई काखमा लिई भर्भराँउदो आगाको कुण्डमा पस्दा उक्त कुण्डको आगोबाट होलिका डढेर खरानी भएकी र प्रह्लाद सकुशल आगोबाट निस्किएका कारणमा सत्यको जित र असत्यको हार हुन्छ भन्ने शाश्वत् सत्यलाई मानव समाजमा अक्षुण्ण राख्न प्रचलनमा आएको पर्व हो फागु पर्व ।

त्यसैले आज पनि काममा सफलता मिल्दा, अनैतिकलाई नैतिकताले जित्दा मनोरञ्जन लिँदा तथा विजय उत्सव मनाउँदा अबिर दलेर नै स्वागत सत्कार गरिने संस्कार बसेको मान्यता रहेको छ । फागु पर्वको किम्वदन्ती भने ठाउँअनुसार फरक–फरक सुनिन्छ । काठमाडौंको सन्दर्भमा प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीको दिनदेखि विविधत् रुपमा रंगीचंगी ध्वजा र पताकाले सिंगारिएको चीर उठाएर वसन्तपुरबाट शुभारम्भ गर्ने परम्परा छ ।

भक्तपुरमा भने मन्दिरमा राखिएको तीन हात लामो र ३० इन्च मोटो काठले बनेको लिंगलाई फागुन शुक्ल अष्टमीका दिनदेखि भक्तपुरको टोलटोलमा घुमाएर फागु पर्वको सुरुवात गर्ने परम्परा छ । बजार घुमिसकेपछि भीमसेन मन्दिरमा ल्याएको लिंग र योनीको प्रतीकलाई भीमसेन पाटीमा झुण्ड्याउने प्रचलन छ । फागुपूर्णिमाको दिन साझ दत्त्तात्रय अगाडिको भीमसेन मन्दिरबाट लिंगो निकाली एक जना व्यक्तिले बोकेर ब्रह्मायणी मन्दिर नजिकै खोलामा पखालेर पुनः मन्दिरमा राख्ने प्रचलन छ ।  

समाजको समग्रतामा अध्ययन गर्ने हो भने हाम्रो जीवनमा संस्कृतिको महत्वपूर्ण स्थान रहेको हुन्छ । वास्तवमा संस्कृतिबाट नै विचारमा पवित्रता र आचरणमा प्रखरता उत्पन्न हुन्छ । मानव जीवनको परिचय नामक राजमार्गमा संस्कृति र चाडपर्वले मानव सभ्यताक्रमको प्रतीकको काम गर्दै आएको छ । हामीले संस्कृतिका नाममा कतिपय पर्वहरुमा विकृतिको पनि अनुभूति गरिरहेका हुन्छौं । त्यसो त मानव जातिको इतिहासले भन्छ – चेतनाको सुरुवाती चरणदेखि नै नराम्रा प्रचलनहरुलाई सुधार्ने तथा बदल्ने परिपाटी चल्दै आएको छ । 

कुनै पनि किसिमको भेदभावरहित मेलमिलाप, भाइचारा र सद्भावको पर्व हो होली । बालक, वृद्ध, वयस्क सबैको चाड हो । नेपालको तराई पहाड हिमालमा एकै साथ मनाइने पर्व हो होली । हरेक पर्वको भौगोलिक, साँस्कृतिक सीमाहरु देखिन्छ तर होली त्यस्तो पर्व जुन सबैतिर मनाइन्छ । यसका सीमाहरु भेटिँदैनन् । वास्तवमा होली मानिस अनि रंगहरुबीचको सम्बन्धको चाड हो । 

रंग र जीवनको बीच संयोजन रहेको हुन्छ । रातो रंग शुद्धता एवं पवित्रताको प्रतीक मानिन्छ । स्वच्छ, सफा र चित्त शुद्धिको प्रतीकका रूपमा रातो रंगलाई साहस र प्रेमको प्रतीकका रूपमा पनि लिइन्छ । हरियो रंगलाई प्राण, जीवनशक्ति एवं मार्मिकताको प्रतीक मानिन्छ । यसलाई जीवित रंग पनि भनिन्छ । पहेंलो रंगलाई भक्ति र धर्म परायणताका रूपमा लिइन्छ । यो रंगको सम्बन्ध खुसी र हर्षसँग गाँसिएको हुन्छ । नीलो रंगलाई शान्ति र सन्तुलनको प्रतीकका रूपमा लिइन्छ । कालो रंग इष्र्या र स्वार्थसँग सम्बन्धित हुन्छ । सेतो रंगलाई शुद्धताको प्रतीक हो । चहकिलो सेतो रंगलाई सफा एवं आकर्षणको प्रतीकका रूपमा लिइन्छ ।

मनोरञ्न मानव जीवनको महत्वपूर्ण पाटो हो । कामको थकानबाट तथा हर कुनै कारणबाट छुट्कारा पाउन मान्छे रम्न चाहन्छ । मनोरञ्जन गर्न चाहन्छ । फागु पर्व मनोरञ्जनको पर्व हो । होलीको दिनमा लोलाको नाममा फोहोर पानीहरु मिसाएर काममा निस्केका मान्छेहरुलाई ताकेर हान्ने गरिने प्रचलन विकास भए पनि अब विस्तारै यस्ता असभ्य होली मनाउने चलनहरु घट्दै गएको छ ।

पछिल्लो समय विस्तारै सभ्य किसिमबाट होली खेलिन थालिएको छ । मानिसहरू सभ्य, शिष्ट तरिकाले होलीलाई अपनाउन थालेका छन् । नागरिकहरूले अरूको अधिकार र आफ्नो कर्तव्य बुझ्नथालेका छन् । नागरिकमा शिक्षा तथा चेतनाको स्तर बढेसँगै आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकारको सम्मान गर्नुपर्छ भन्ने कुरा बुझेर स्वीकार गर्नथालेको देखिन्छ । समयक्रमसँगै विस्तारै  शिष्ट र सभ्य रूपमा कानुन प्रयोग गर्ने अभ्यास बढिरहेको छ । जसले व्यक्तिहरुलाई नैतिकताप्रति सचेत गराएको पनि देखिन्छ । 
र पनि होलीको दिनमा हुने लापरबाही भने राकिएको छैन ।

मर्यादित र शान्तिपूर्ण रुपमा होली खेल्न आग्रह गर्दै होलीमा जबर्जस्ती रंग दल्ने र लोला हान्नेलाई कानुनअनुसार कारबाही हुने जिल्ला प्रशासनले उल्लेख गरेको छ । होलीलाई व्यवस्थित बनाउन आजको दिन दैनिक रूपमा खटिनेभन्दा बढी प्रहरी काठमाडौंमा खटिन्छन् । महानगरीय प्रहरी परिसरले फागुलक्षित विशेष सुरक्षा योजना ल्याएको छ । परिसरले राजधानीको सुरक्षा व्यवस्था कडाइ गर्न सर्वसाधारणको सहभागितामा युवाको परिचय गोप्य रहने गरी चिकित्सक, इञ्जिनियर, विद्यार्थीदेखि सर्वसाधारणसम्म दुई सय जनाको सूचनादाता समूह स्वयम् सेवकको  गठन गरेको छ । 

खानेकुराहरुमा यस अवसरमा मालपुवाको विशेष महत्व रहन्छ भने तराईतिर भने तरुवा, भरुवाको विशेष महत्व हुन्छ । सस्र्युँको दानालाई सिलौटोमा पिसेर अनि मरमसलाहरु मिसाएर भान्टाभित्र राखी तारिएको भरुवाको आज विशेष महत्व हुन्छ । वर्षमा एक दिन उल्लासका साथ पर्व मनाउनु जिन्दगीको खुसीको पाटो हो ।

तर संयमित रुपमा अरुलाई हानि नपुर्याई मनाउनुपर्छ । मद्यपानले मात्तिएर हेलमेट नलगाई तीव्र रफ्तारमा होली मनाउँदा दुर्घटनाको सम्भावना त छ नै, प्रहरीको छड्के जाँचमा परेर जरिवानाको भागिदार समेत हुनुपर्ने भएकाले संयमित होली मनाऔँ !

 

सम्बन्धित समाचार

अमेरिकामा रहेका नेपालीले होली मनाए

टेक्सास । अमेरिकाको टेक्सास राज्यको ह्युस्टन शहरमा बस्ने नेपालीले भव्य रुपमा होली पर्व मनाएका छन् ।  नेपाली हेरिटेज युनियन एनएचयुले आयोजना गरेको होली पर्वमा अमेरिकामा बस्दै आएका थुप्रै नेपालीको उपस्थिति रहेको

अछाममा होलीको बेग्लै स्वाद

अछाम । होरी पर्व अछामीहरुले परापूर्वकालदेखि नै मनाउँदै आएका छन् । होलीलाई यहाँको भाषामा ‘होरी’ भन्ने गरिन्छ । दशैँ तिहारमासमेत घर नफर्किने यहाँका स्थानीयवासी यतिबेला घर फर्किएर होरी खेलमा सहभागी

जनकपुरमा होली भोलि मनाइदै

जनकपुरधाम ।  सद्भाव, उमंग, प्रसन्नता र रङको पर्व होरी (होली) जनकपुरधाम क्षेत्रमा भोलि मनाइने भएको छ ।  मिथिलाञ्चलको महाकुम्भ मानिएको १५ दिने मिथिला माध्यमिकी परिक्रमा सकिएको भोलिपल्ट यसक्षेत्रमा होरी मनाइने परम्परा छ ।  माध्यमिकी परिक्रमाको

आज तरार्इका जिल्लाहरुमा होली पर्व मनाइदै 

काठमाडौं ।  शुक्रबार तरार्इका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ । तरार्इमा होलीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि

Loading...

Loading...