• २०८१ बैशाख १४ शुक्रबार

प्रहरीले टास्यो विप्लवको घरमा सूचना, ७० दिनभित्र अदालतमा उपस्थित हुनुपर्ने  

kharibot

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को घरमा प्रहरीले भोजपुर जिल्ला अदालतमा उपस्थित हुन् भन्दै सूचना टाँस गरेको छ ।

७० दिनभित्र जिल्ला अदालत भोजपुरमा हाजिर हुन भन्दै कपिलवस्तु प्रहरीले सूचना टाँसेको हो ।

पटकपटक भएका बिष्फोटन र कर्तव्य ज्यानको अभियोगमा भोजपुर जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा परेको थियो । मुद्दा भोजपुर परे पनि उनले कपिलवस्तुको शिवराज नगरपालिका– ९ शिवगढी स्थायी र नागरिकता प्रमाणपत्र समेत पाएको प्रमाणका आधारमा अदालतको आदेशमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले उनको घरमा म्याद तामेली टाँसेको कपिलवस्तुका प्रहरीले जनाएको छ ।

सूचना टाँस भएपछि नेत्रविक्रम चन्द विप्लव ७० दिनभित्र अदालतमा उपस्थित हुनु पर्ने भएको छ ।

विप्लवलाई पक्राउ गर्न प्रहरीले देशैभरि सर्कुलर पनि जारी गरेको छ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै