• २०८१ बैशाख ८ शनिबार

स्पेनियोलसँग रियल म्याड्रिड पराजित, रोनाल्डोलाई नखेलाउने जिदानको निर्णयको आलोचना 

kharibot

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड स्पेनियोलसँग पराजित भएको छ ।

गएराती भएको खेलमा स्पेनियोलले खेलको इन्जुरी समयमा गोल गर्दै रियललाई १-० गोल अन्तरले पराजित गरेको हो । स्पेनियोलका लागि जेरार्ड मोरेनोले गोल गरेका थिए । 

स्पेनियोलको रियल म्याड्रिडविरुद्धको जितसँगै एकै सिजनमा ला लिगाका टप तीन टिम बार्सिलोना, एथलेटिको म्याड्रिड र रियल म्याड्रिडसँग अपराजित भएको नयाँ रेकर्ड बनाएको छ ।

रियल म्याड्रिडका लागि यस खेलमा आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई आराम गराउनु ब्याक फायर भएको छ । रोनाल्डोलाई नखेलाउने कोच जिनेदिन जिदानको निर्णय रियललाई महँगो परेको हो । जिदानको यो निर्णयको अहिले सर्वत्र अलोचना भइरहेको छ ।

साथै जिदानले मिडफिल्डमा कासामिरो, टोनी क्रुज र लुका मोद्रिचलाई नखेलाउनु पनि आश्चर्यजनक रुपमा हेरिएको छ । यस सिजनमा निकै खराब सुरुवात पछि पछिल्ला केहि खेलमा जित निकालेको रियल फेरी पराजित हुदै जितको लय गुमाएको छ । अर्को साता च्याम्पियन्स लिग अन्तर्गत पिएसजीसँग खेल्न लागेको रियललाई यस हारले ठुलो झट्का दिएको छ भने ला लिगामा पनि बार्सिलोनासँगको दुरी कम गरिरहेको रियलका लागि यो हारले फेरी दुरी बढ्ने देखिएको छ ।

ला लिगाको अंक तालिकामा रियल म्याड्रिडको २६ खेलमा ५१ अंक छ भने शिर्ष स्थानमा रहेको बार्सिलोनाको २५ खेलमा ६५ अंक रहेको छ । त्यस्तै एथलेटिको म्याड्रिडको २५ खेलमा ५८ अंक रहेको छ । जितसँगै स्पेनियोल भने २६ खेलमा ३१ अंकसहित लिगको १३औ स्थानमा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै