काठमाडौं । यही २६ गते काठमाडौं टुँडिखेलमा हुने भनिएको सलमान खानको कार्यक्रमको विप्लव समूहले विरोध जनाएको छ ।
ओडिसी इन्टरनेशनलले गर्न लागेको सो कार्यक्रममा नेपाली हितविरुद्ध छ भन्दै उक्त पाटीको भ्रातृ संगठन अखिल नेपाल जनसांस्कृतिक संघले बलिउड ‘सुपरस्टार दबंग द टुर’ नामक आयोजनाको कार्यक्रम नगर्न माग गरेको हो ।
उत्त कार्यक्रम मदिरा मदिरा प्रवद्र्धनको लागि आउन लागेको भन्दै आफूहरुलाई अमान्य हुने जनाएका हुन् । रक्सीको प्रमोशनको लागि प्रतिव्यक्ति २० हजार रुपयाँको टिकट काट्ने र नेपाली कलाकारको अपमान गदै विदेशीलाई भित्र्याएर नेपाली पैशा सोर्नु नै उनको उद्देश्य भएको बताएका छन् ।
आफुहरु सांस्कृतिक साम्राज्यवादको प्रतिरोध गर्न तयार भएको र खुला मञ्चमा हुने उक्त कार्यक्रमलाई स्थगित गर्न आह्वान गर्दै विरोध जनाएको हो ।