• २०८१ बैशाख ७ शुक्रबार

नेपाल इन्भेष्टमेन्ट बैंकको तीन नयाँ शाखा विस्तार 

kharibot

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले एकै दिन पर्वत, बैतडी र भोजपुरमा गरी तीनवटा शाखा विस्तार गरेको छ । यी शाखासँगै अब बैंकको जम्मा शाखा संख्या ६६ वटा (नारायणघाट र पर्सा शाखा स्थानान्तरनको प्रक्रियासहित) पुगेको छ । 

पर्वतको जलजला गाउँपालिका, बैतडीको सुर्नया गाउपािलकास्थित सतबाज र भोजपुरको पौदुम्मा गाउपालिकास्थित तिवारी भन्ज्याङमा क्रमशः ६४औं, ६५औं र ६६औं शाखा विस्तार गरेको हो ।  पर्वतको जलजलासहित दमौली, वालिङ, पोखरा, लेकसाइट गरी प्रदेश नम्बर ४ मा नेपाल इन्भेष्टमेण्ट बैंक लि.को पाँचवटा शाखा पुगेको छ ।

त्यस्तै बैतडीको सतबाजसहित दिपायल, मंगलशेन धनगढी गरी प्रदेश नम्बर ७ मा नेपाल इन्भेष्टमेण्ट बैंकको चार वटा शाखा पुगेको छ । यसैगरी भोजपुरको तिवारी भन्ज्याङसहित विर्तामोड, उर्लाबारी, विराटनगर, इटहरी, गाईघाट, खादबारी र लुक्ला गरी अब प्रदेश नम्बर १ मा नेपाल इन्भेष्टमेण्ट बैंक लि.को आठ वटा शाखा पुगेको छ । 

बैंकले ग्रामिण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तार गरेको हो । बैंकिङ सुविधाबाट टाढा रहेका ग्रामिण क्षेत्रका स्थानीयलाई आर्थिक कारोबारमा सहज हुने र सहुलियत रुपमा ऋण उपलब्ध गराई साना तथा मझौला उद्योग तथा कृषि व्यवसायमा सहयोग गर्ने बैंकको उद्देश्य रहेको छ । 

आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकले हाल ९८ वटा एटिएमबाट सेवा प्रदान गर्दै आएको छ । पाँच लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.को ६३ वटा शाखारहित बैंकिङ सुविधाका साथै तीन सय बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ ।

निजि क्षेत्रमा सर्वाधिक चुक्ता पूँजी रु १० अर्ब करोड रुपैयाँ रहेको बैंकको हाल निक्षेप रु. १ सय ३० अर्ब रुपैयाँ तथा कूल कर्जा लगानी रु. १ सय १४ अर्ब रुपैयाँ पुगेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले दि बंैकर, फाइनान्सियल टाइम्स, लण्डनद्वारा दिइएको सम्मानजनक बैंक अफ दि इयर उपाधि पाँच पटक प्राप्त गरिसकेको छ भने इक्रा नेपालबाट ए वर्गको रेटिङ पनि पाँच वर्षदेखि लगातार हासिल गर्दै आइरहेको छ  । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै