• २०८१ बैशाख ७ शुक्रबार

रुस्लान डिपिएल-२ मा जगशक्ति टिएमटी बार सहप्रायोजक 

kharibot

काठमाडौँ । रुस्लान धनगढी प्रिमियर लिग-२ (डिपिएल-२) को प्रायोजकमा जगदम्बा इन्टरप्राइजेजको जगशक्ति टिएमटी बारले प्रयोजनसम्बन्धि सम्झौता गरेको छ ।

मंगलबार एक कार्यक्रमका बीच धनगढी क्रिकेट एकेडेमी र जगदम्बा इन्टरप्राइजेजका बीच सो सम्झौता भएको छ । डिपिएलको पहिलो सिजनमा पनि साथ् रहेको जगदम्बा इन्टरप्राइजेज दोस्रो संस्करणमा पनि डिपिएलसँग आवद्ध भएको छ ।

सम्झौता अनुसार जगशक्ति टिएमटी बार डिपिएल-२ को सहप्रयोजक रहने छ । यस वापत डिपिएलका आयोजकलाई जगदम्बा इन्टरप्राइजेजले १० लाख रुपैयाँ दिने सम्झौता भएको छ । 

आगामी चैत्र ७ गते देखि हुने डिपिएल-२ का लागि रणनीतिक खेलाडी सहित हरेक टिमले अक्सन मार्फत १२-१२ खेलाडी छानी सकेका छन् । ६ टिम सहभागी हुने यस प्रतियोगितामा दुइ जना विदेशी खेलाडीलाई भित्राउन लागिएको आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ ।

अनुमानित रुपमा करिब ३ करोड खर्च हुने यस प्रतियोगितामा विजेता टिमले २५ लाख पुरस्कार पाउने छन् भने उप-विजेता टिमले १० लाख र ट्रफी प्रदान गरिने भएको छ । त्यस्तै तेस्रो हुने टिमले ३ लाख र चौथो टिमलाइ २ लाख दिने आयोजकले जानकारी दिएका छन् । त्यस्तै प्रत्येक खेलका म्यान अफ द म्याचलाई १० हजार तथा म्यान अफ द सिरिजलाई टिभीएस अपाचे १८० सिसि मोटरसाइकल दिने आयोजकले बताएका छन् । साथै प्रतियोगिताका उत्कृष्ट ब्याट्सम्यान र बलरलाई पनि पुरस्कृत गरिने भएको छ । 

साथै उद्घाटन समारोहमा नेपालबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी एक जना पुर्व खेलाडीलाई धनगढी क्रिकेट सम्मान  तथा नेपालि क्रिकेटमा महत्वपूर्ण योगदान दिने एक जनालाई अर्जुन खड्का स्मृति सम्मान स्वरूप एक –एक लाख प्रदान गरिने भएको छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै